४ जेठ, २०८१ शुक्रबार

08:42:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, कतै असीना पानी

Nepal Business

१४ फागुन, २०७९

आज रातिको समयमा पनि वर्षा नहुने महाशाखाले जनाएको छ ।

उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, कतै असीना पानी

राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ ।

। भक्तपुरमा ८ दशमलव ४ र कीर्तिपुरमा ७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् अधिकारीले उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यकाका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ ।

सबैभन्दा बढी धादिङको धुनिबेँसीमा १२ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको छ । अबको एक/दुई घन्टामा मौसम सुधार आउने र आज रातिको समयमा पनि वर्षा नहुने महाशाखाले जनाएको छ ।