६ जेठ, २०८१ आइतबार

12:52:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालकै दोस्रो लामो पुल १२ करोडको लगानीमा बन्दै, २ वर्षमा तयार हुने

Nepal Business

१२ माघ, २०७८

 नेपालकै दोस्रो लामो पुल १२ करोडको लगानीमा बन्दै, २ वर्षमा तयार हुने

बागलुङ
नेपालकै दोस्रो लामो झोलुङ्गे पुल सिङ्गल स्पान प्रविधिमा एक टापुबाट अर्को टापुमा जोडने पुलको निर्माण प्रक्रिया सुरु हुनेभएको छ ।  बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी सुरुभएको छ ।

बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने लामो पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएपछि झोलुङ्गेपुल निर्माणका लागि बोलपत्रको प्रक्रिया सुरु भएको हो ।
कालीगण्डकीमाथि ५२४ मिटर लामो र १७२ मिटर उचाइमा बन्ने पुल प्रभावित क्षेत्रमा डिभिजनका प्राविधिकहरुको समूहले स्थलगत अध्ययन गरेको छ  । हामी पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाँदैछौँ, प्रभावित क्षेत्रमा विवाद रहे नरहेको र परामर्शदाताले काम गर्दा स्थलगत अवलोकन गरे÷नगरेको विषयमा जानकारी लिएका छौँ, इञ्जिनियर टोपबहादुर बानियाँले जानकारी दिनुभयो । “यो नेपालमा ‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो पुल हो ।”

पुल निर्माणका लागि नेपाल सरकारले १२ करोड विनियोजन गरेको छ । ठेक्का लागेको दुई वर्षसम्मा पुल तयार हुने अनुमान गरिएको छ  । यो पुल बनेपछि घण्टौँ लाग्ने बाटो १० मिनेटमा छोटिनेछ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

प्रभावित क्षेत्रका सर्वसाधारणमा उत्साह देखिएकाले बोलपत्रको प्रक्रिया तत्काल सुरु हुने उहाँले बताउनुभयो । पुल निर्माणका लागि नेपाल सरकारले १२ करोड विनियोजन गरेको छ । ठेक्का लागेको दुई वर्षसम्मा पुल तयार हुने अनुमान गरिएको छ  । “बागलुङमा संसारकै लामो पुल तयार हामीले नै गरेकाले यो पुल तयार गर्न समस्या हुँदैन भनेर” बानियाँले जानकारी दिनुभयो । प्रविधि त्यही हो, निर्माण व्यवसायीले निर्धारित समयमा काम सक्दा समयमै पुल बन्छ ।” यो पुल निर्माणका लागि नगरपालिकाले पहल गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“बजेट विनियोजन भइसकेपछि पनि काममा ढिलाइ भएकाले खबरदारी गरिरहेका थियौँ,” पौडेलले बताउनुभयो । “डिभिजनको समूहले स्थलगत अध्ययन गरेकाले अब काम छिट्टै अघि बढ्छ ।”

पुल निर्माण भएपछि पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणलाई बागलुङ बजारको पहुँचमा ल्याउन सहज हुने र  नागलीबाङमा उत्पादन हुने तरकारी बागलुङ बजार ल्याउन, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र बागलुङ कालिका लगायतका ठाउँमा पर्वतका सर्वसाधारणलाई आवतजावत गर्न र बागलुङका सर्वसाधारण पर्वत जान सहज हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताउनुभयो ।

यो पुल बनेपछि घण्टौँ लाग्ने बाटो १० मिनेटमा छोटिनेछ । पर्वतको नागलीबाङका सर्वसाधारणलाई बागलुङ आउन र बागलुङबाट जलजला गाउँपालिका जानका लागि कालीगण्डकीले बनाएको खोँचमा आवतजावत गर्नुपर्ने बाध्यता छ । बागलुङको बलेवा नारायणस्थान र पर्वत सदरमुकाम कुश्मा बजार जोड्ने गरी अर्को लामो पुलको अध्ययन भइरहेको पनि नगरप्रमुख पौडेलले जानकारी दिनुभयो । रासस