२४ बैशाख, २०८१ सोमबार

07:16:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रचण्डले गठबन्धन तोडेर मुलुकलाई अनन्त अस्थिरतातर्फ धकेलेको एमालेको ठहर

Nepal Business

१२ फागुन, २०७९

जुन कोर्समा देशअघि बढ्न खोजेको थियो त्यसलाई जनताले नै राम्रो मानेका थिए । आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पनि देखा पर्ने थालेको थियो

प्रचण्डले गठबन्धन तोडेर मुलुकलाई अनन्त अस्थिरतातर्फ धकेलेको एमालेको ठहर

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तागठबन्धन तोडेको बताएका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेर गठबन्धन तोडेको उनले आरोप लगाए ।

'राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भएको छ', ज्ञवालीले भने । उनले ८ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको बताएका छन् ।

'राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भएको छ', ज्ञवालीले भने । उनले ८ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको बताएका छन् ।

ज्ञवालीले भने, 'यो राजनीतिलाई अनन्त अस्थिरतातर्फ धकेल्ने निर्णय हो । जुन कोर्समा देशअघि बढ्न खोजेको थियो त्यसलाई जनताले नै राम्रो मानेका थिए । आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पनि देखा पर्ने थालेको थियो । '