४ जेठ, २०८१ शुक्रबार

09:04:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब भन्सार कार्यालयमा चेक नचल्ने

१२ माघ, २०७८

अब भन्सार कार्यालयमा चेक नचल्ने

काठमाण्डौं
अबदेखि मालवस्तु आयात तथा निर्यात गर्दा लाग्ने राजस्व रकम चेक मार्फत बुझाउन नपाइने भएको छ । सरकारले आजबाटै विद्युतीय भुक्तानी प्रणालीको शुरुवात गरेको छ । ७० औ अन्र्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर कम्प्यूटरमा आधारित भन्सार जाँचपास प्रक्रिया आशिकुडा लागु भएको २४ वटा भन्सार कार्यालयमा औपचारिक रुपमा  विद्युतीय भुक्तानी सेवा शुरु भएको भन्सार विभागले जनाएको छ । यो  प्रणालीको उद्घाटन अर्थमन्त्री जनार्दन शंर्माले गर्नुभएको हो ।  
विद्युती भुक्तानी लागु भएका २४ वटै कार्यालयमा अब चेकबाट कारोबार हुने छैन । विद्युती भुक्तानी प्रणालीले मानिसको भौतिक रुपमै हुने उपस्थितीलाई कम गर्ने हुनाले समयको बचत हुने अर्थमन्त्री शर्माले बताउँनु भयो ।

विद्युती भुक्तानी लागु भएका २४ वटै कार्यालयमा अब चेकबाट कारोबार हुने छैन । विद्युती भुक्तानी प्रणालीले मानिसको भौतिक रुपमै हुने उपस्थितीलाई कम गर्ने हुनाले समयको बचत हुने अर्थमन्त्री शर्माले बताउँनु भयो ।

मन्त्री शर्माले भन्नुभयो,  “हामीले लिएको लक्ष्यको ५० प्रतिशत  काम पुरा भएको छ अब ५० प्रतिशत बाँकी छ । कसले  के मालवस्तु ल्याएको छ त्यो थाहा पाउन अब स्क्यानर लागु गराउँछौ ।”
‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उहाँले भन्नुभयो, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यसैगरी उहाँले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिनुभयो । उहाँले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।
मन्त्री शर्माले भेइकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गर्नुभयो । ‘हामीले इपेमेन्टको सुरुवात गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’, उहाँले भन्नुभयो, ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’ सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्नुहुँदै उहाँले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने उल्लेख गर्नुभएको हो ।
     
देशभर अहिले जम्मा  ३९ भन्सार कार्यालय छन्  । बाँकी भन्सार कार्यालयमा विस्तारै यो प्रणाली  लागु गर्दै लैजाने योजना सरकारको  छ । भन्सारमा हुने व्यापारलाई थप सहजीकरण गर्न आयात तथा निर्यात गरेबापत बुझाउँनुपर्ने राजस्व आफ्नो बैंक खाताबाट राजस्व खातामा सोझै विद्युतीय भुक्तानी मार्फत जम्मा गर्न सकिनेछ । 
यस अघि गत पुष १ गते सिर्सिया  सुख्खा बन्दरगाह कार्यालयमा परिक्षणको रुपमा  शुरु गरिएको थियो । भन्सार  विभागका  प्रवक्ता पुण्य विक्रम खड्काले परिक्षण सफल भएकाले अहिले  औपचारिक रुपमा लागु गरिएको बताउँनु भयो ।
नेपालमा सबैभन्दा बढी भन्सार विन्दुबाट राजस्व उठ्दै आएको छ । आयात  बढी हुदा यो विन्दुबाट उठ्ने राजस्व पनि बढी रहेको छ । चालु आर्थिक वर्षको ५ महिनामै झण्डै १० खर्बको आयात भएको छ ।  भन्सार विन्दुको राजस्व कम गर्ने र   आन्तरिक राजस्वको बृद्धि गर्दै लैजाने सरकारको योजना छ ।