२२ बैशाख, २०८१ शनिबार

07:57:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुधको मूल्य बढाउने तयारी, प्रतिलिटर कतिले बढ्दै छ ?

Nepal Business

९ फागुन, २०७९

१० बुँदे सिफारिस सहितको प्रतिवेदनमा दुधको मूल्य लिटरमा १४ रुपैयाँसम्म महँगिएको जनाइएको छ ।

दुधको मूल्य बढाउने तयारी, प्रतिलिटर कतिले बढ्दै छ ?

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव गरेको छ ।  बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेको प्रस्तावमा अन्तिम निर्णयको तयारी रहेको श्रोतले बताएको छ । 

यसअघि गत महिना कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास बोर्डले लागत अध्ययन समिति बनाएको थियो । दग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा। बालक चौधरी नेतृत्वको अध्ययन समितिले फाुगन २ गते मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । 

यसअघि गत महिना कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास बोर्डले लागत अध्ययन समिति बनाएको थियो । दग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा। बालक चौधरी नेतृत्वको अध्ययन समितिले फाुगन २ गते मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । 

१० बुँदे सिफारिस सहितको प्रतिवेदनमा दुधको मूल्य लिटरमा १४ रुपैयाँसम्म महँगिएको जनाइएको छ । 

बैंकको ब्याजदर, दाना र चोकरको भाउ वृद्धि र इन्धनमा भएको मूल्यवृद्धिले किसानहरु मर्कामा परेको निष्कर्ष निकालिएपछि दूधको भाउ बढाउन सिफारिस गरिएको हो ।

अध्ययन समितिमा सदस्यसमेत रहेका डेरी एसोसियसनका अध्यक्ष प्रलाद दाहालका अनुसार समितिले दुग्ध उत्पादन लागतबारे ७ वटै प्रदेशमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा दूधको मूल्य बढाउनुपर्ने देखिएपछि सोही अनुसार प्रतिवेदन बनाएर बुझाइएको दाहालले बिजपाटीलाई जानकारी दिए ।

अध्ययन समितिमा डीडीसीका उपमहानिर्देशक राजेन्द्र अधिकारी, पशु सेवा विभागका डा। श्याम यादव, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका महासचिव राम आचार्य र डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालसहित वाणिज्य मन्त्रालयकासमेत प्रतिनिधि थिए । 

समितिले गरेको सिफारिसका आधारमा मन्त्रालयले थप छलफल गरेर अब मन्त्रिपरिषद्‍मा मूल्य सिफारिस गर्नेछ ।