२५ बैशाख, २०८१ मंगलबार

11:18:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतीय दुतावासले मनायो ७३ औँ गणतन्त्र दिवस

Nepal Business

१२ माघ, २०७८

भारतीय दुतावासले मनायो ७३ औँ गणतन्त्र दिवस

काठमाण्डौ । 
भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा काठमाण्डौमा रहेको भारतीय राजदूतावासमा विविध कार्यक्रम सम्पन्न भएका छन् । 
दिवसका अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको सन्देश वाचन गरेर सुनाउनुभएको थियो ।

भारतीय राजदूत क्वात्राले वीराङ्गना  र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५ करोड नगद तथा जिन्सी वितरण गर्दै सम्मान गर्नुभएको थियो ।  

भारतीय राजदूत क्वात्राले वीराङ्गना  र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५ करोड नगद तथा जिन्सी वितरण गर्दै सम्मान गर्नुभएको थियो ।  
मानवीय प्रयासका सबै क्षेत्रमा भारतले हासिल गरेका उल्लेखनीय उपलब्धि र भारतको स्वतन्त्रताको ७५औँ  उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव को एक अङ्गका रुपमा कार्यक्रम आयोजना गरिएको भारतिय दुतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ । आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म अन्य धेरै  कार्यक्रम आयोजना गरिने भारतीय दूतावासले जनाएको छ  ।
दूतावासका अनुसार आजादीका अमृत महोत्सव मनाउने सन्दर्भका साथै दुवै देशबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजना यसै वर्ष उद्घाटन गरिने भएको  छ ।
त्यसैगरी नेपालका विभिन्न सामाजिक सङ्घसंस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुलबस उपहारस्वरुप प्रदान गर्ने कार्यक्रम छ ।