२३ बैशाख, २०८१ आइतबार

07:09:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पुर्वाधारमन्त्री श्रेष्ठले मागे रुग्ण आयोजनाको काम सक्ने लिखित प्रतिबद्धता , अब हरेक १५–१५ दिनमा प्रगति विवरण लिइने

Nepal Business

८ फागुन, २०७९

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्देशनालय र सडक सुधार तथा विकास आयोजना निर्देशनालय अन्तर्गतका कतिपय खण्डहरू व्यवसायीको लापरबाहीका कारण रुग्ण आयोजनामा परेको मन्त्री श्रेष्ठले बताए ।

पुर्वाधारमन्त्री श्रेष्ठले मागे रुग्ण आयोजनाको काम सक्ने लिखित प्रतिबद्धता , अब हरेक १५–१५ दिनमा प्रगति विवरण लिइने

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरका रुग्ण आयोजनाका निर्माण व्यवसायीलाई आज मन्त्रालयमा बोलाएर छलफल गरेका छन् ।

छलफलमा श्रेष्ठले निर्माण व्यवसायीलाई आफ्ना समस्या राख्न सुझाव दिँदै रुग्ण परियोजना कहिले सम्पन्न हुने भन्नेबारे लिखित प्रतिबद्धता गराएका हुन् । ‘काम ओगटेर बसेकाले काम नभएको हो वा मन्त्रालयले सहजीकरण नगरेर वा भुक्तानी र कर्मचारीको समस्या हो ?’ श्रेष्ठले प्रश्न गरे । 

आयोजना सम्पन्न गर्ने समयसीमाबारे गम्भीर चासो लिँदै मन्त्री श्रेष्ठले काम सक्ने मितिको लिखित प्रतिबद्धता माग गरे ।

छलफलमा श्रेष्ठले निर्माण व्यवसायीलाई आफ्ना समस्या राख्न सुझाव दिँदै रुग्ण परियोजना कहिले सम्पन्न हुने भन्नेबारे लिखित प्रतिबद्धता गराएका हुन् । ‘काम ओगटेर बसेकाले काम नभएको हो वा मन्त्रालयले सहजीकरण नगरेर वा भुक्तानी र कर्मचारीको समस्या हो ?’ श्रेष्ठले प्रश्न गरे । 

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्देशनालय र सडक सुधार तथा विकास आयोजना निर्देशनालय अन्तर्गतका कतिपय खण्डहरू व्यवसायीको लापरबाहीका कारण रुग्ण आयोजनामा परेको मन्त्री श्रेष्ठले बताए ।

छलफलमा ४ निर्देशनालय आयोजना प्रमुख र ती आयोजनाअन्तर्गत रुग्ण भएका निर्माण कार्यको जिम्मा पाएका निर्माण कम्पनीलाई बोलाइएको थियो । श्रेष्ठका अनुसार अबका हरेक १५–१५ दिनमा निर्देशनालय प्रमुखबाट रुग्ण आयोजनाको प्रगति विवरण लिइनेछ ।