२६ बैशाख, २०८१ बुधबार

03:41:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाइलट र कर्मचारीलाई तलब नदिएपछि प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

Nepal Business

८ फागुन, २०७९

गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय

पाइलट र कर्मचारीलाई तलब नदिएपछि प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ ।

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको छ ।”

एयरलाइन्सले आर्थिकरूपमा सबल रहेको भनेर नआएसम्म पुनःउडान नहुने पनि प्रवक्ता निरौलाले स्पष्ट पार्नुभयो । निर्णयअनुसार गुणका सात वटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन् । प्राप्त विवरणमा उसले पाइलट र कर्मचारीलाई तलब नदिएका कारण उडानमा प्रतिबन्ध लगाइएको हो ।