२७ बैशाख, २०८१ बिहिबार

02:46:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जजिराले भैरहवाबाट फेरि उडान गर्ने, पुरानै तालिका कायम

Nepal Business

७ फागुन, २०७९

तालिका अनुसार मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ः१५ बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुने र ८ः०५ बजे कुवेतका लागि उड्ने छ ।

जजिराले भैरहवाबाट फेरि उडान गर्ने, पुरानै तालिका कायम

कुवेतको जजिरा एयरवेजले मार्च ९ अर्थात् फागुन २५ गतेदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ ।

जजिराले भैरहवाबाट पुरानै तालिका अनुसार  भैरहवा–कुवेत–भैरहवा उडान गर्ने भएको हो । 

जजिराले यसअघिकै जस्तो हप्तामा ३ उडान गर्नेछ । मंगलबार, बिहीबार र शुक्रबार उडान गर्ने जनाइएको छ । 

जजिराले यसअघिकै जस्तो हप्तामा ३ उडान गर्नेछ । मंगलबार, बिहीबार र शुक्रबार उडान गर्ने जनाइएको छ । 

तालिका अनुसार मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ः१५ बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुने र ८ः०५ बजे कुवेतका लागि उड्ने छ ।

यसअघि मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट जजिराले उडान रोकेको थियो । झण्डै २ महिनापछि पुनः उडान सुरू गर्न लागेको हो ।

जजिराले गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएदेखि नै कुवेतमा उडान गर्दै आएको थियो ।