२१ बैशाख, २०८१ शुक्रबार

06:02:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशिने महिलाहरुको संख्या ७१ प्रतिशतले वृद्धि, के घट्यो के बढ्यो (प्रतिवेदन सहित)

१२ माघ, २०७८

विदेशिने महिलाहरुको संख्या ७१ प्रतिशतले वृद्धि, के घट्यो के बढ्यो (प्रतिवेदन सहित)

 

काठमाण्डौ । 
बुधवार सार्वजनिक गरिएको नेपालको जनगणनाको प्रारम्भिक तथ्यांकमा जनसंख्या विगतको भन्दा बढि देखिएपनि धेरै कुरा विगतको वर्षमा भन्दा कमजोर हुँदै गएको देखिएको छ । बुधबार सार्वजनिक रिपोर्टमा सबैभन्दा पहिले जनसंख्या र लैङ्गिक अनुपात देखाइएको छ । रिपोर्टमा समेटिएको तथ्यलाई हेर्दा अघिल्लो जनगणानामा रहेको १ दशमलव ३५ प्रतिशत जनसंख्या वार्षिक वृद्धिदर यस पटक ० दशमलव ४२ प्रतिशतले कम भएर ० दशमलव ९३ प्रतिशतमा झरेको छ । 

 पुरुषको तुलानामा विदेशिने महिलाहरुको संख्यामा वृद्धि भएको देखिएको छ । २०६८ को तुलनामा २०७८ सम्म आईपुग्दा ७१ दशमवल ०९ प्रतिशतले बृद्धि भएको देखाएको छ ।  

पुरुषको संख्या बढेको देखाएको छ, गत जनगणनामा ४८ दशमलव ५ रहेको पुरुषसंख्या यस पटक ४८ दशमवल ९६ प्रतिशतमा पुगेको छ । यसैगरी महिलाको संख्यामा केही गिरावट आएको छ । गत जनगणनामा ५१ दशमवल ५ प्रतिशत महिला रहेकोमा यस पटक ५१ दशमलव ०४ प्रतिशतमा झरेको छ । 
यस अघि भन्दा यस पटक घरपरिवार संख्या २४ दशमलव ५७ प्रतिशतले बृद्धि भएको देखाएको छ । 
प्रति परिवार संख्या २०६८ सालको जनगणनामा ४ दशमवल ८८ रहेकोमा यस पटक घटेर ४ दशमलव ३२ भएको छ । 
प्रदेशकगत रुपमा हेर्दा पनि सबैभन्दा कम रहेको गण्डकी प्रदेशमा २०६८ सालको तुलनामा परिवार सदस्य संख्या घटेको छ । यस अघि ४ दशमलव १६ रहेको गण्डकी प्रदेशमा अहिले ३ दशमलव ६६ प्रतिशत भएको छ । यस्तै मधेस प्रदेशमा यसअघि ५ दशमलव ८० प्रतिशत थियो भने अहिले घटेर ५ दशमलव ६६ प्रतिशतमा झरेको छ । बसोबासको हिसावले हेर्दा पनि सहरी क्षेत्रमा बसोबास गर्नेहरुको संख्या बढिरहेको देखाएको छ । २०६८ सालमा ६३ दशमलव १९ प्रतिशत सहरी क्षेत्रमा बसोबास गरेकोमा अहिले बढेर ६६ दशमवल ८ प्रतिशत पुगेको छ । 

विदेशिनेको संख्या बढ्यो 

विभिन्न मुलुकमा कामका लागि जाने नेपालीहरुको संख्या २१ लख ६९ हजार ४ सय ७८ रहेको छ । २०६८ सालमा १९ लाख २१ ह्जार ४ सय ९४ रहेको थियो । पुरुषको तुलानामा विदेशिने महिलाहरुको संख्यामा वृद्धि भएको देखिएको छ । २०६८ को तुलनामा २०७८ सम्म आईपुग्दा ७१ दशमवल ०९ प्रतिशतले बृद्धि भएको देखाएको छ ।