२३ बैशाख, २०८१ आइतबार

07:13:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो छ : मन्त्री पाण्डे

Nepal Business

५ फागुन, २०७९

नेपालमा देखिएको आर्थिक समस्यालाई सन्तुलन राख्नका लागि व्यवसायी र सरकार एक ठाउँमा बसेर सङकट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो छ : मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरूमा एकता र एकरुपताको खाँचो रहेको बताउनुभएको छ ।

व्यवसायी एकजुट हुन नसक्दा निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको बताउँदै उहाँले अहिले साना व्यवसायीमा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महासङ्घले सबै व्यवसायीलाई साना–ठूला सबैलाई समानरूपमा हेर्नुपर्छ ।”

समयमा गुणस्तरीय काम गरे राज्यले सहयोग गर्ने विश्वास दिलाउँदै उहाँले व्यवसायीलाई भन्नु

निर्माण व्यवसायी सङ्घ चितवनको २९औँ वार्षिक साधारणसभामा उहाँले व्यवसायीलाई एक भएर समयमा राम्रो काम गर्न निर्देशन दिनुभयो ।
 
व्यवसायी एकजुट हुन नसक्दा निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको बताउँदै उहाँले अहिले साना व्यवसायीमा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महासङ्घले सबै व्यवसायीलाई साना–ठूला सबैलाई समानरूपमा हेर्नुपर्छ ।”

समयमा गुणस्तरीय काम गरे राज्यले सहयोग गर्ने विश्वास दिलाउँदै उहाँले व्यवसायीलाई भन्नुभयो, “गुणस्तरीय काम गर्नुहोस्, समयमा काम सक्नुहोस् र कसैसँग नझुक्नुस् ।”

नेपालमा देखिएको आर्थिक समस्यालाई सन्तुलन राख्नका लागि व्यवसायी र सरकार एक ठाउँमा बसेर सङकट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “तपाईँहरू नथाक्नुहोस्, अहिले थाक्ने समय होइन ।”
 
कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले व्यवसायी आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । विश्वमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताउँदै उहाँले प्रदेश सरकारले चालु पुँजीमा ३० प्रतिशत कटौती गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजामती कर्मचारी, निर्माण व्यवसायी र सबै राजनीतिक दलले सरकारलाई सहयोग गर्नुपर्छ ।”