६ जेठ, २०८१ आइतबार

06:02:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँ महानगरको यो कस्तो निर्णय ? कर्मचारीलाई घुम्न पठाउने

Nepal Business

४ फागुन, २०७९

यसरी बिदा पाउने कर्मचारीले स्वदेशका विभिन्न स्थानहरूको अध्ययन तथा अवलोकन भ्रमण गर्नुपर्ने छ । बिदामा बस्ने कर्मचारीले १५ दिनको तलब पाउने छन् ।

काठमाडौँ महानगरको यो कस्तो निर्णय ? कर्मचारीलाई घुम्न पठाउने

काठमाडौँ महानगरपालिकाले कर्मचारीहरुलाई खर्च दिएको वर्षमा १५ दिन पुनर्ताजगी भ्रमण बिदा दिने भएको छ ।

महानगरले ल्याएको पुनर्ताजगी बिदासम्बन्धी कार्यविधिमा प्रत्येक वर्ष कर्मचारीलाई १५ दिनको पुनर्ताजगी भ्रमण बिदा दिने व्यवस्था गरेको हो । 

महानगरले ल्याएको पुनर्ताजगी बिदासम्बन्धी कार्यविधिमा प्रत्येक वर्ष कर्मचारीलाई १५ दिनको पुनर्ताजगी भ्रमण बिदा दिने व्यवस्था गरेको हो । 

‘यस्तो बिदा प्रत्येक वर्ष १५ दिनमा नबढाई दिइने छ । उक्त बिदालाई एकै पटक वा दुई पटक गरी स्वीकृत गर्न सकिने छ । तर एक पटकमा ७ दिनभन्दा कम अवधिका लागि भने पुनर्ताजगी बिदा स्वीकृत गरिने छैन’ पुनर्ताजगी बिदासम्बन्धी कार्यविधिमा भनिएको छ ।

यसरी बिदा पाउने कर्मचारीले स्वदेशका विभिन्न स्थानहरूको अध्ययन तथा अवलोकन भ्रमण गर्नुपर्ने छ । बिदामा बस्ने कर्मचारीले १५ दिनको तलब पाउने छन् । 

यदि, कर्मचारीले बिदा बस्ने बेलामै आफूलाई १५ दिनको सुविधा चाहियो भनेमा स्वीकृत गरी पेश्कीको रूपमा उपलब्ध गराइने व्यवस्था पनि छ । 

एक पटकमा कम्तीमा ५ जना कर्मचारीको समूह यस्ता बिदा लिएर कतै भ्रमणमा जान चाहेमा कार्यालयको काममा बाधा नपुग्ने गरी सामूहिक बिदा पनि दिन सकिने कार्यविधिमा उल्लेख छ । तर, यस्तो बिदा असारमा भने पाइने छैन ।