६ जेठ, २०८१ आइतबार

08:55:54 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुरिनटारस्थित रिसोर्टमा जीपलाइन शुरु, साहसिक खेल थपियो

Nepal Business

१ फागुन, २०७९

करिब रू तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ ।

कुरिनटारस्थित रिसोर्टमा जीपलाइन शुरु, साहसिक खेल थपियो

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गर्नुभएको छ । 

 उहाँले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिनुभएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर  अधिकारीले जानकारी दिनुभयो । 

जीपलाइनको अनुभव लिँदै उहाँले भन्नुभयो, “जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।”