११ फागुन, २०८१ आइतबार
06:54:49 AM
१ फागुन, २०७९
प्रवक्ता लम्सालले टर्किए सरकारबाट माग भएर आए बमोजिमका सामग्रीहरु पठाइएको जानकारी दिइन् । सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल पनि उपस्थित थिए ।
नेपालले हालै गएको भूकम्पबाट प्रभावित टर्किएका भूकम्प प्रभावितहरुका लागि औषधि, न्यानो कपडा तथा अन्य आधारभूत राहत सामग्री पठाएको छ ।
विभिन्न सरकारी निकाय, मानवीय क्षेत्रमा काम गर्ने संघ–संस्था र निजी क्षेत्रको सहयोगबाट संकलित २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो खेप टर्किस एअरलाइन्समार्फत् आज त्यसतर्फ पठाइएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा आज एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले टर्किस एअरलाइन्सका जनरल म्यानेजर सेरकान बसरलाई उक्त सामग्री हस्तान्तरण गरिन् ।
प्रवक्ता लम्सालले टर्किए सरकारबाट माग भएर आए बमोजिमका सामग्रीहरु पठाइएको जानकारी दिइन् । सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल पनि उपस्थित थिए ।
कार्यकारी प्रमुख पोखरेलले प्राधिकरण लगायतका विभिन्न सरकारी निकायको पहल तथा मानवीय क्षेत्रमा काम गर्ने संघ संस्था र निजी क्षेत्रको सहयोगमा जम्मा भएकाराहत सामग्री पठाउन पाउदा गौरव अनुभूति भएको बताए ।
सामग्री संकलन तथा ‘प्याकेजिङ’मा प्राधिकरणले सक्रिय भूमिका निर्वाह गरेको थियो । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पलगत्तै टर्कीए सरकारले नेपाललाई आपत्कालिन सहयोग गरेको थियो ।
माघ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीएमा औषधी, न्यानो लत्ताकपडासहितका अत्यावश्यक सामग्रीहरु पठाउने निर्णय गरेको थियो । टर्किस एअरलाइन्सले यी सामग्री निःशुल्क ढुवानी गरिदिएको जनाइएको छ ।