१५ बैशाख, २०८१ शनिबार

10:28:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भ्रष्टाचारविरुद्ध सरकारको शून्य सहनशीलताको नीति: प्रधानमन्त्री

Nepal Business

२८ माघ, २०७९

कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता

भ्रष्टाचारविरुद्ध सरकारको शून्य सहनशीलताको नीति: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ ।

उहाँले कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउनेप्रति वर्तमान सरकार प्रतिबद्ध छ ।

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउनेप्रति वर्तमान सरकार प्रतिबद्ध छ । यसका लागि आयोगलाई अधिकार सम्पन्न बनाइने ।”

भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूत गर्ने विषय वर्तमान सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रममा समेटिएको प्रधानमन्त्री दाहालले बताउनुभयो । “आयोगलाई जिम्मेवारी निर्वाह गर्ने सवालमा हर प्रकारको सहयोग गर्न र भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुनेछ”, उहाँले भन्नुभयो ।