१६ बैशाख, २०८१ आइतबार

12:49:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्धि र विकासको आकांक्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्नुपर्छ : राष्ट्रपति (सम्बोधनको पूर्णपाठसहित)

Nepal Business

२७ माघ, २०७९

वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको जनाउँदै उहाँले ती विषयहरूलाई सरकारले समयबद्ध कार्ययोजना बनाएर नतिजा प्राप्त हुने गरी तत्कालै कार्यान्वयनमा लैजाने नै विश्वास व्यक्त गर्नुभयो ।

समृद्धि र विकासको आकांक्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्नुपर्छ : राष्ट्रपति   (सम्बोधनको पूर्णपाठसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त सदनलाई आज सम्बोधन गर्दै उहाँले सरकारका कामकारबाहीमा सबै नागरिकबाट सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।

“सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम, सरकारले अघि सार्ने नीति तथा कार्यक्रम, बजेट एवं नागरिकको समृद्धि र विकासप्रतिको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्नेछन्”, सम्बोधनमा उहाँले भन्नुभयो, “नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट पूर्ववत् सहयोग मिल्ने विश्वास गर्दछु  ।”

“सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम, सरकारले अघि सार्ने नीति तथा कार्यक्रम, बजेट एवं नागरिकको समृद्धि र विकासप्रतिको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्नेछन्”, सम्बोधनमा उहाँले भन्नुभयो, “नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट पूर्ववत् सहयोग मिल्ने विश्वास गर्दछु  ।”

वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको जनाउँदै उहाँले ती विषयहरूलाई सरकारले समयबद्ध कार्ययोजना बनाएर नतिजा प्राप्त हुने गरी तत्कालै कार्यान्वयनमा लैजाने नै  विश्वास व्यक्त गर्नुभयो  ।

“नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्दा यी सबैलाई समेट्दै सोका आधारमा बजेटमा आवश्यक स्रोत व्यवस्थापन गर्ने नै छ”, सम्बोधनका क्रममा उहाँले भन्नुभयो  ।

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनमा गर्नुभएको सम्बोधनको पूर्णपाठ यसप्रकार छः