६ मंसिर, २०८१ बिहिबार

08:43:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस, सबै भन्सार कार्यालयमा अनलाईन प्राणाली

१२ माघ, २०७८

 ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस,  सबै भन्सार कार्यालयमा अनलाईन प्राणाली

काठमाण्डौ । 
नेपालभर रहेका सबै भन्सार कार्यालयहरुको निकासी र पैठारीको राजस्व बुझाउन अनलाईन प्रणालीको सुरुवात गरिएको छ । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले अनलाईन राजस्व भुक्तानी प्रणालीको सुभारम्भ गर्नुभएको हो । यस प्रणालीमा बैंक खाताबाट सोझै विद्युतीय प्रणाली मार्फत भन्सार कार्यालयको खातामा राजस्व दाखिला गर्न सक्ने व्यवस्था मिलाइएको विभागका प्रवक्ता पुण्य विक्रम खड्काले जानकारी दिनुभयो । खड्काले आजैदेखी यो सेवा प्रयोग गर्न सकिने भएपनि आजसम्म जारी गरिएका चेकहरुबाट पनि राजस्व भुक्तानी गर्न सकिने बताउनुभयो । माघ १२ पछि कुनैपनि चेक र नगर कारोवार नहुने समेत उहाँले जानकारी दिनुभएको छ । 
भन्सार विभागका अहिले स्थल र हवाई गरी ३९ वटा भन्सार कार्यालयहरु रहेका छन् ।