२६ बैशाख, २०८१ बुधबार

06:14:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिम र मोबाइल एउटै व्यक्तिको नाममा नभए नचल्ने गरी प्रणालीको विकास गर्दै प्राधिकरण

Nepal Business

२५ माघ, २०७९

उनले नेपाल मोबाइल वितरक संघले आयोजना गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) समयमा नै लागु गर्नुपर्ने विषयको कार्यक्रममा बोल्दै सो बताएका हुन् ।

 सिम र मोबाइल एउटै व्यक्तिको नाममा नभए नचल्ने गरी प्रणालीको विकास गर्दै प्राधिकरण

काठमाडौं । 

नेपाल दूरसञ्चार प्राधिकरणले फोन सञ्चालन सम्बन्धी नयाँ नीति ल्याउने भएको छ । अब मोबाइल फोन दुबै एउटै व्यक्तिको नाममा नभए प्रयोग गर्न नमिल्ने प्रणालीको विकास प्राधिकरणले गर्न लागेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकारी अच्युतानन्द मिश्रले सिम र मोबाइल एउटै व्यक्तिको नाममा भएका मोबाइल मात्र चल्ने प्रणालीको विकास गर्न लागिएको बताएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकारी अच्युतानन्द मिश्रले सिम र मोबाइल एउटै व्यक्तिको नाममा भएका मोबाइल मात्र चल्ने प्रणालीको विकास गर्न लागिएको बताएका छन् । 

उनले नेपाल मोबाइल वितरक संघले आयोजना गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) समयमा नै लागु गर्नुपर्ने विषयको कार्यक्रममा बोल्दै सो बताएका हुन् ।

मिश्रका अनुसार मोबाइल र सिम एकै व्यक्तिको नाममा दर्ता नभए उक्त मोबाइल चल्दैन । ‘जसको नाममा मोबाइल अथवा सिम छ, त्यही फोन चल्नु पर्छ, मोबाइल र सिम त्यही व्यक्तिको नाममा हुनु पर्यो, अनि मात्र मोबाइल चल्ने नभए मोबाइल एउटा बट्टाको रुपमा मात्र प्रयोग हुन्छ, यसको लागि पहिला एमडीएमएस प्रणाली लागु हुनु पर्यो र त्यही व्यक्तिको सिम हो भनेर जान्नको लागि केवाइसी सिस्टम पनि चाइन्छ,’ उनले भने ।

यसको लागि अहिले प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ। सिम र मोबाइलको नाम फरक हुने वित्तिकै मोबाइल नचल्ने पनि मिश्रले जानकारी दिए । उनका अनुसार प्राधिकरणले मोबाइलको आइएमइआइ नम्बर र सिम कार्ड एकै व्यक्तिको नाममा दर्ता भएपछि मात्रै मोबाइल चल्ने सिस्टमको विकास गर्न लागेको छ ।