११ फागुन, २०८१ आइतबार

13:08:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

न्यूरोडबाट दुई हुण्डी कारोबारी पक्राउ, दैनिक करोडको कारोबार गर्ने गरेको खुलासा

Nepal Business

२२ माघ, २०७९

उनीहरुको साथबाट प्रहरीले हुण्डीको लागि संकलन गरिएको ७८ लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ।

न्यूरोडबाट दुई हुण्डी कारोबारी पक्राउ, दैनिक करोडको कारोबार गर्ने गरेको खुलासा

हुण्डीको कारोबार गरेको अभियोगमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा कैलालीको धनगढी घर भएका २३ वर्षीय किशोर चौधरी र ५९ वर्षीय दीपेन्द्रबहादुर मल्ल रहेका छन्।

पक्राउ पर्नेहरुमा कैलालीको धनगढी घर भएका २३ वर्षीय किशोर चौधरी र ५९ वर्षीय दीपेन्द्रबहादुर मल्ल रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले हुण्डीको लागि संकलन गरिएको ७८ लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ।

पक्राउ परेका दीपेन्द्रले ४ वर्षदेखि र किशोरले चार महिनादेखि हुण्डीको कारोबार गरेको खुलेको छ। उनीहरुले एक दिनमा एक करोड रुपैयाँ भन्दाबढीको कारोबार गर्ने गरेको देखिएको छ।

उनीहरुविरुद्ध नेपाल राष्ट्र बैक ऐन को दफा ९५ बमोजिम अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।