१६ बैशाख, २०८१ आइतबार

11:52:30 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले बुझाए राजिनामा

Nepal Business

२२ माघ, २०७९

पार्टीको आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले बुझाए राजिनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीले राजिनामा दिएका छन्।

प्रधानमन्त्री निवास वालुवाटार पुगेर २ मन्त्री र एक राज्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजिनामा बुझाएका हुन् । 

रास्वपाबाट सरकारमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले राजिनामा  दिएका हुन् ।

पार्टीको आज दिउँसो बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको छ थियो।  पार्टीको आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोहि अनुसार मन्त्रीहरुले राजिनामा दिएका हुन् । 

 गृह मन्त्रालय माग गरिरहेको अवस्थामा प्रधानमन्त्रीले गृह मन्त्रालय दिन नसकिने जनाएपछि रास्वपा सरकारबाट बाहिरिएको हो ।