१३ बैशाख, २०८१ बिहिबार

03:10:30 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पर्साका मालपोत प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nepal Business

२० माघ, २०७९

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले क्लवका नाममा रहेको जग्गा गैरकानुनी रुपमा स्रेस्ता कायम गरेर अहमदका नाममा पुर्‍याएको कसूरमा कर्मचारी र जग्गा हात पार्ने व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको बताउनुभयो ।

पर्साका मालपोत प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका जिल्ला भूमिसुधार तथा मालपोत प्रमुख कमोद तिवारीसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तिवारीसहित बदनियतपूर्ण रुपमा कागजात तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, खरिदारद्वय शिवप्रसाद साह तेली र रिन्ता कुमारी तथा जग्गा हत्याउने शेषसफी अहमदविरुद्ध कैद र जरिवानाको मागदावीसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्लाको बेल्वास्थित युवा स्पोर्ट्स क्लबका नाममा रहेको १ कठ्ठा ५ धुर जग्गा गलत लिखत तयार पारी व्यक्तिका नाममा कायम गरेको कसुरमा अख्तियारले तिवारीसहित बदनियतपूर्ण रुपमा कागजात तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, खरिदारद्वय शिवप्रसाद साह तेली र रिन्ता कुमारी तथा जग्गा हत्याउने शेषसफी अहमदविरुद्ध कैद र जरिवानाको मागदावीसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।