७ बैशाख, २०८१ शुक्रबार

09:02:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी

Nepal Business

२० माघ, २०७९

यही भाइरल तोरी फाँटमा बेनी–४ सुर्केमेलाका दिलबहादुर खत्री मौरी चराउन व्यस्त हुनुहुन्छ । उहाँ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी चराउनुहुन्छ ।

मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी

गलेश्वर, 

रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसको भीडले ‘भाइरल’ बनेको छ ।

यही भाइरल तोरी फाँटमा बेनी–४ सुर्केमेलाका दिलबहादुर खत्री मौरी चराउन व्यस्त हुनुहुन्छ । उहाँ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी चराउनुहुन्छ । 

यही भाइरल तोरी फाँटमा बेनी–४ सुर्केमेलाका दिलबहादुर खत्री मौरी चराउन व्यस्त हुनुहुन्छ । उहाँ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी चराउनुहुन्छ । 

एक दशकदेखि व्यावसायिक रुपमा मौरीपालन गर्नुभएका ४२ वर्षीय खत्री ७० घार मौरी लिएर घुम्ती चरनका लागि रत्नेचौरको तोरीबारीमा आउनुभएको छ । पहेँलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा मौरीको ताँती नै देखिन्छ । “मौसमअनुसार आहारा पाइने ठाउँमा मौरीलाई सार्नुपर्छ, मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त वातावरण चाहिन्छ”, उहाँले भन्नुभयो ।

जङ्गल आसपासका क्षेत्रलाई चरन क्षेत्रका रुपमा प्रयोग गर्दा मह दोब्बर उत्पादन हुनाका साथै  स्वादिलोसमेत हुने भएकाले समय अनुकूल चरन क्षेत्रको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँ २१ वर्षको उमेरमा दुबई पुगेर दुई वर्ष बिताएर फर्किएपछि पुनः मलेसिया जानुभयो । मलेसियामा तीन वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर मौरीपालन गर्नुभएका खत्रीले वार्षिक रुपमा मौरी तथा मौरीसहितका घार बिक्री गरेर वार्षिक रु २० लाखको कारोबार गर्ने गरेको बताउनुभयो । 

वार्षिक एक क्विन्टल मह उत्पादन हुने र सबै खर्च कटाएर वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ । उहाँले महका अलवा मौरीसहित र खाली गरी वार्षिक एक सय मौरीका घार पनि बिक्री हुने बताउनुभयो । 

प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उहाँको अनुभव छ । गत वर्ष मौरीसहितका घार बिक्रीबाट मात्रै उहाँले रु १० लाख आम्दानी भएको जानकारी दिनुभयो । 

यस वर्ष चरन क्षेत्रमा राखेका ७० घार मौरीबाट दुई सय ५० किलो मह उत्पादन गर्ने अपेक्षा गरेको उहाँले सुनाउनुभयो । प्रत्येक घारमा मौरीले तीनदेखि चार किलोसम्म मह उत्पादन गर्दछ । 

ताजा मह रु एक हजारदेखि रु एक हजार पाँच सय प्रतिकिलोका दरले बिक्री हुने गरेको छ। महका गोला र मौरीसहितका घार, खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको रु १० हजार, मौरी मात्रै रु पाँच हजार र खाली घार रु तीन हजार पाँचसयमा बिक्री हुन्छ ।