८ बैशाख, २०८१ शनिबार

01:53:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थद्धारा १० सहसचिवको जिम्मेवारी हेरफेर, कसले कहाँ पाए जिम्मेवारी ?

Nepal Business

१९ माघ, २०७९

अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको जिम्मेवारी श्रीकृष्ण नेपाललाई दिनुभएको छ । नेपाल यसअघि पनि करिब ३ वर्ष महाशाखा प्रमुख हुनुभएको थियो ।

अर्थद्धारा १० सहसचिवको जिम्मेवारी हेरफेर, कसले कहाँ पाए जिम्मेवारी ?

अर्थ मन्त्रालयले सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार मन्त्रालयमा ६ जना सहसचिव सरुवा भएर आएपछि सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।

अर्थमन्त्री विष्णुुप्रसाद पौडेले आफू अनुकुलको टिम बनाउन विगतमा अर्थ मन्त्रालयमा आफैंसँग काम गरेका सहसचिव ल्याएका बताइएको छ । 

अर्थमन्त्री विष्णुुप्रसाद पौडेले आफू अनुकुलको टिम बनाउन विगतमा अर्थ मन्त्रालयमा आफैंसँग काम गरेका सहसचिव ल्याएका बताइएको छ । 

अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको जिम्मेवारी श्रीकृष्ण नेपाललाई दिनुभएको छ । नेपाल यसअघि पनि करिब ३ वर्ष महाशाखा प्रमुख हुनुभएको थियो । 

त्यसैगरी बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी धनीराम शर्माले पाउनुभएको छ  । शर्मा यसअघि करिब १ वर्ष महाशाखा प्रमुख  हुनुहुन्थ्यो ।

वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जिम्मेवारी झक्कप्रसाद आचार्यलाई दिइएको छ । विगतमा आन्तरिक राजस्व विभागको महानिर्देशक भएका आचार्यसँग अर्थ मन्त्रालयमा काम गरेको अनुभव छ । 

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख रहेका शिवलाल तिवारीलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा लगिएको छ ।

भन्सार जाँचपास परीक्षण कार्यालयमा रहेका लक्ष्मीप्रसाद निरौलालाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । हाल अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख रहेका इश्वरीप्रसाद अर्याललाई वित्तीय संघीयता समन्वय महाशाखामा लगिएको छ ।

त्यसैगरी बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेशकुमार शाक्यलाई राजस्व व्यवस्थापन महाशाखामा लगिएको छ ।

वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख रहेका सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ ।

अर्थ मन्त्रालयमा वित्तीय क्षेत्र महाशाखा अन्तर्गत केही सिमित जिम्मेवारीमा रहेका कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा लगिएको छ ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख रहेका शिवलाल तिवारीलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा लगिएको छ । बुधबार मन्त्रालयमा सरुवा भएका सेवन्तक पोखरेललाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ ।