१३ बैशाख, २०८१ बिहिबार

10:19:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओली र प्रचण्डको फोनपछि रोकियो राष्ट्रिय स्वतन्त्र पार्टी, तत्काल सरकार नछाड्ने

Nepal Business

१९ माघ, २०७९

प्रवक्ता डा मुकुल ढकालले छलफल जारी राख्ने र २ दिनपछि मात्र निर्णय गर्ने बताउनुभएको छ ।

ओली र प्रचण्डको फोनपछि रोकियो राष्ट्रिय स्वतन्त्र पार्टी, तत्काल सरकार नछाड्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने कि नछोड्ने भन्ने विषयमा २ दिनपछि मात्र निर्णय गर्ने भएको छ ।

उहाँका अनुसार आजको बैठक सुरु हुनु अगाडी प्रधनामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले  फोन गरेर २ दिनको समय माग गरेकोले अब २ दिनपछि मात्र निर्णय हुने उहाँले बताउनुभयो ।

पार्टी प्रवक्ता डा मुकुल ढकालले छलफल जारी राख्ने र २ दिनपछि मात्र निर्णय गर्ने बताउनुभएको छ ।

पार्टीको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

उहाँका अनुसार आजको बैठक सुरु हुनु अगाडी प्रधनामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले  फोन गरेर २ दिनको समय माग गरेकोले अब २ दिनपछि मात्र निर्णय हुने उहाँले बताउनुभयो ।
 
ओली र प्रचण्डले २ दिनमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक राखेर पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने प्रतिवद्धता गरेकोले आज सरकार छोड्ने वा नछोड्ने बारे निर्णय नभएको डा ढकालले बताउनुभयो ।