२४ बैशाख, २०८१ सोमबार

05:36:54 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४/१२ को नीति बारे बसेर छलफल गरी समाधान खोजौँ : अर्थमन्त्री पौडेल

Nepal Business

१८ माघ, २०७९

उहाँले राष्ट्र बैंकले लिएको एलसी खोल्दा नगद मार्जिनको नीति, आयातमा गरिएका नीति, चालु पुँजी मार्गदर्शनका नीति लगायत अन्य सबै विषयमा छलफल बाट समाधान खोज्न सकिने बताउनुभएको हो

४/१२ को नीति बारे बसेर छलफल गरी समाधान खोजौँ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एउटै टेबलमा बसेर छलफल गरेमा समस्याहरुको समाधान निस्कने बताउनुभएको छ । 

काठमाडौँमा आयोजित अर्थतन्त्रका चुनौती तथा समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले राष्ट्र बैंकका नीतिको कारण समस्या देखिएको गुनासो निजी क्षेत्रले गरेकोले ति समस्या छलफलबाट समाधान गर्न सकिने बताउनुभयो ।

उहाँले राष्ट्र बैंकले लिएको ४/१२ को नीति, एलसी खोल्दा नगद मार्जिनको नीति, आयातमा गरिएका नीति, चालु पुँजी मार्गदर्शनका नीति लगायत अन्य सबै विषयमा छलफल बाट समाधान खोज्न सकिने बताउनुभएको हो  । उहाँले भन्नुभयो, समस्याबारे एउटै टेबलमा बसेर छलफल गरौ, छलफल गर्दा समाधान खोज्न सक्छौ।

उहाँले सबै पक्षले समस्याहरुलाई समान ढंगले अनुभूति गर्नुपर्ने बताउनुभयो । उहाँले समस्यालाई त्यस्तै छोड्दा समस्या झन् विकराल बन्न सक्ने भएकोले त्यस्तो अवस्था नआओस् भन्नेबारे सरकार गम्भीर रहेको बताउनुभयो । सोहि कारण उहाँले समस्याबारे सँगै बसेर छलफलको लागि जोड दिनुभएको छ । 

उहाँले सरकार बजेट निर्माणको पूर्व तयारीमा जुटिसकेकोले अब बजेटको आकार रियालिस्टिक हुने बताउनुभयो । त्यस्तै उहाँले बजेट मार्फत करको दर हेरफेर गर्ने नभई करको दायरा विस्तार गर्नेमा सरकारको जोड हुने बताउनुभयो ।