६ बैशाख, २०८१ बिहिबार

07:47:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हवाई उडानमा अब पाइलटले के गर्न पाउने, के गर्न नपाउने ?

Nepal Business

१८ माघ, २०७९

पहाडी क्षेत्रमा उडान गर्दा जहाज जमिनबाट ५ सय फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा जमिनको सतहबाट जहाज १ हजार फिटमाथि हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

हवाई उडानमा अब पाइलटले के गर्न पाउने, के गर्न नपाउने ?

 
नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले हवाई दुर्घटना न्युनिकरणका लागि नयाँ नियम ल्याउने तयारी गरेको छ । नयाँ नियमको मस्यौदा तयार भइसकेको छ भने ‘फाइनल’ भएर जारी हुन बाँकी छ ।

मस्यौदा अनुसार अब एक जना पाइलटले एक दिनमा आठ घन्टा र आठ वटा मात्रै उडान गर्न पाउनेछन् । हाल दैनिक १० घन्टा र १० पटा उडान गर्न पाउने प्रावधान रहेको भएपनि अब आठ घण्टा र अधिकतम् आठ वटा मात्रै उडान गर्न पाउने व्यवस्था गर्न लागिएको हो ।

मस्यौदा अनुसार अब एक जना पाइलटले एक दिनमा आठ घन्टा र आठ वटा मात्रै उडान गर्न पाउनेछन् । हाल दैनिक १० घन्टा र १० पटा उडान गर्न पाउने प्रावधान रहेको भएपनि अब आठ घण्टा र अधिकतम् आठ वटा मात्रै उडान गर्न पाउने व्यवस्था गर्न लागिएको हो ।

पहाडी क्षेत्रमा उडान गर्दा जहाज जमिनबाट ५ सय फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा जमिनको सतहबाट जहाज १ हजार फिटमाथि हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । 

त्यस्तै, हवाई सेवा प्रदायक कम्पनीका सबै प्रशिक्षक पाइलटहरुले जहाज उत्पादक कम्पनीमा गएर आफ्नो सीप परीक्षण गराउनुपर्ने प्रावधान पनि थप्न लागिएको छ । 
साथै, आइएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने व्यवस्था पनि थप गर्न लागिएको छ ।