१३ बैशाख, २०८१ बिहिबार

11:07:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइस्पानको अध्यक्षमा पुनः सुधिर पराजुली, उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविनकुमार श्रेष्ठ

Nepal Business

१७ माघ, २०७९

९ सदस्यीय नयाँ कार्यसमितिसमेत सर्बसम्मत रुपमा गठन भएको

आइस्पानको अध्यक्षमा पुनः सुधिर पराजुली, उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविनकुमार श्रेष्ठ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सुधिर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्बसम्मत रुपमा छनोट गरेको छ।

इन्टरनेट तथा केबल टिभी दुबै सेवा व्यवसायमा आबद्ध रहेका पराजुली केबल टिभी प्रसारकहरुको संस्था नेपाल केबल टिभी महासंघको अध्यक्ष समेत हुनुहुन्छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संगठनको रुपमा रहेको आइस्पानको अध्यक्षमा सुधिर पराजुली दोस्रो कार्यकालका लागि सर्वसम्मतरुपमा चयन हुनुभएको हो ।

लामो समयदेखि इन्टरनेट तथा केबल टिभी सेवामा सक्रिय पराजुली सुविसु केबल नेट प्रालिका अध्यक्ष हुनुहुन्छ ।

इन्टरनेट तथा केबल टिभी दुबै सेवा व्यवसायमा आबद्ध रहेका पराजुली केबल टिभी प्रसारकहरुको संस्था नेपाल केबल टिभी महासंघको अध्यक्ष समेत हुनुहुन्छ ।

उहाँको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमितिसमेत सर्बसम्मत रुपमा  गठन भएको छ। सोमबार बसेको आइस्पानको २२औँ साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व छनोट गरेको हो।

साधारण सभामार्फत आइस्पानको उपाध्यक्षमा मनोज अग्रवाल चयन हुनुभएको छ । उहाँ वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संचालक हुनुहुन्छ ।

आइस्पानको महासचिवमा एरोनेटका नविनकुमार श्रेष्ठ नै दोहोर्याउनुभएको छ भने वेब सर्फर नेपाल कम्युनिकेसन्सका सुरेन क्षेत्री सचिव हुनुभएको छ । 
कोषाध्यक्षमा इस्टलिंक टेक्नोलोजीका पुस्कर सिंह बडाल तथा कार्यसमिति सदस्यहरुमा टेकमाइन्ड्सका कमल बास्तोला, डिसहोमका सुदिप आचार्य, मर्कन्टाइल कम्युनिकेसनका मधु अमात्य र सुजन थापा चयन हुनुभएको छ ।

त्यसैगरी आइस्पानको सल्लाहकारमा भायनेट कम्युनिकेसन्सका विनय बोहरा, सुबिसुका विनय मोहन साउद र क्लासिक टेकका प्रमेश खनाललाई चयन गरिएको छ ।

यस बाहेक कार्यगत समूह सदस्यमा विजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ चयन हुनुभएको छ । आइस्पानले सीइओ तथा सदस्य सचिवको रुपमा सुवास खड्कालाई जिम्मेवारी तोकेको छ।

नव नियुक्त अध्यक्ष पराजुलीले इन्टरनेट सेवाको क्षेत्रमा देखिएको समस्याहरु समाधान गर्न नयाँ कार्यसमितिले काम गर्ने प्रतिक्रिया दिनुभयो ।

“यस क्षेत्र सम्बन्धित केहि विषयहरु छन्। त्यसलाई नयाँ कार्यसमितिले समाधान गर्ने र निष्कर्षमा पुर्याउन पहल गर्नेछ,” उहाँले भन्नुभयो “करका विषय, पोल भाडाका विषय तथा सेवाको बारेमा अन्य कुराहरुलाई ध्यानमा राखेर काम गर्नेछौं।”