२२ बैशाख, २०८१ शनिबार

02:11:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन

Nepal Business

१६ माघ, २०७९

विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन

झापा, 
देशभित्रै केही उद्यम गरौँ भन्ने हुटहुटीले कतारको मासिक डेढ लाखको जागिर त्यागेर भद्रपुर–१ का ३५ वर्षीय अर्जुन सुवेदीले उन्नत मुर्रा जातको भैँसीपालन सुरु गर्नुभएको छ ।

स्वदेश फर्केर भद्रपुर–१ पृथ्वीनगरमा आफ्नै सात कठ्ठा जग्गामा रु २६ लाख लगानी गरेर आधुनिक भैँसीगोठ निर्माण गर्नुभयो । सिराहाको लहानबाट भैँसीका पाडीहरू किनेर ल्याउनुभयो । तराईको हावापानीमा राम्ररी सप्रिने भएकाले मुर्रा भैँसी रोजेको उहाँ बताउनुहुन्छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ११ वर्षसम्म काम गर्दा मासिक डेढ लाख आर्जन गरेको उहाँले बताउनुभयो । स्वदेशमै पसिना र सीप लगाउने चाहना बोकेर उहाँ कतारबाट नेपाल फर्किनुभयो र सुवेदी कृषि फार्म स्थापना गर्नुभयो ।

विसं २०७६ मा स्थापना गरिएको उहाँको फार्ममा अहिले ५५ वटा मुर्रा जातको भैँसी पालिएका छन् । हावापानी अनुकूलको दुधालु प्रजाति रोज्ने क्रममा उहाँले मुर्रा भैँसीले नै गोठ भर्नुभएको हो । यी भैँसीले कम्तीमा १० लिटरका दरले दूध दिन्छन् ।

 “घरको आर्थिक दुर्दशा र देशमा बेरोजगारीको कहाली लाग्दो अवस्थाले नै मलाई खाडीको ४० डिग्री तातो मरुभूमिमा पुर्‍याएको छ । त्यो मेरो रहर थिएन”, वैदेशिक रोजगारीबाट फर्किनुको कारण खुलाउँदै उहाँले भन्नुभयो, “तर सधँैभरि पैसाका पछाडि लागेर परदेशमा बसिरहन मन लागेन । स्वदेशमै बरु रोजगारी सिर्जना हुने केही उद्यम गर्छु भन्ने सोचेर म नेपाल फर्केको हुँ ।

उहाँकी पत्नी दुर्गा सुवेदी पनि वैदेशिक रोजगारीकै सिलसिलामा चार वर्ष कतार बस्नुभयो । उहाँहरू दुवै जनासँगै स्वदेश फर्किनुभयो र पशुपालनमा लाग्नुभएको हो । स्वदेश फर्केर भद्रपुर–१ पृथ्वीनगरमा आफ्नै सात कठ्ठा जग्गामा रु २६ लाख लगानी गरेर आधुनिक भैँसीगोठ निर्माण गर्नुभयो । सिराहाको लहानबाट भैँसीका पाडीहरू किनेर ल्याउनुभयो । तराईको हावापानीमा राम्ररी सप्रिने भएकाले मुर्रा भैँसी रोजेको उहाँ बताउनुहुन्छ ।

फार्ममा अहिलेसम्म रु ६७ लाख लगानी भइसकेको छ । कृषि विकास बैंक बिर्तामोड शाखाबाट फार्मका लागि रु ५० लाख पशुपालन कर्जा लिएको उहाँले जानकारी दिनुभयो । गोठमा मात्र होइन, घाँस, पराल र दानामा उहाँको ठूलो लगानी छ ।

यसै वर्ष रु छ लाखको पराल बस्तीबाट किनेर ल्याएको उहाँले जानकारी दिनुभयो । बर्सेनि रु तीन लाखको गोबरमल बिक्री हुने गरेको छ ।