६ जेठ, २०८१ आइतबार

10:49:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

'नेपालको विमानस्थल प्रयोग गर्दा कसैलाई असर परे मुलुकले नै ठुलो मुल्य चुकाउनुपर्छ'

Nepal Business

११ माघ, २०७८

'नेपालको विमानस्थल प्रयोग गर्दा कसैलाई असर परे मुलुकले नै ठुलो मुल्य चुकाउनुपर्छ'

काठमाडौँ, ११ माघ । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विमानस्थल प्रयोग भएर कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने कुनै पनि काम हुन नहुने बताउनु भयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने

नेपालको विमानस्थल प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए ठूलो मूल्य चुकाउनु पर्ने उहाँको भनाइ थियो । मंगलबार राजधानीमा भएको एक छलफलमा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने पनि उहाँले राय व्यक्त गर्नुभएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच छलफलमा भएको थियो ।

मुलुकलाई सुरक्षित मुलुकका रूपमा परिचित बनाउन एयरपोर्टलाई व्यवस्थित बनाउनु पर्ने उहाँको भनाइ थियो । मुलुकको एउटा मात्र अन्तर्राष्ट्रिय एरपोर्टलाई प्रविधियुक्त बनाउन सरकार लागिरहेको उहाँले बताउनु भयो ।

छलफलमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता थियो ।