१३ बैशाख, २०८१ बिहिबार

09:31:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घाँस र पशुपालन गरेर आम्दानी बढाउँदै शिक्षक

Nepal Business

१३ माघ, २०७९

उहाँ भन्नुहुन्छ, “गाईवस्तुका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, घर छेउको खेतबाट सजिलै घाँस ल्याउन पाउँदा समयको बचत पनि भएको छ ।”

घाँस र पशुपालन गरेर आम्दानी बढाउँदै शिक्षक

घोराही–६ का खुसल डाँगी पेसाले शिक्षक हुनुहुन्छ । बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैँसी, १० वटा बाख्रा पाल्नुभएको छ ।

 घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गर्नुभएको छ । वरसिम घाँसबाट गाईवस्तु पाल्न सजिलोे भएको उहाँ बताउनुहुन्छ  ।  

 घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गर्नुभएको छ । वरसिम घाँसबाट गाईवस्तु पाल्न सजिलोे भएको उहाँ बताउनुहुन्छ  ।  

पहिले तोरी, गहुँ र मसुरा खेती गर्ने त्यो जग्गामा अहिले वरसिम घाँस लगाउने गरेको उहाँ बताउनुहुन्छ । हरियो हँुदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र फल लागेमा बिक्री गर्न पाइने उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “गाईवस्तुका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, घर छेउको खेतबाट सजिलै घाँस ल्याउन पाउँदा समयको बचत पनि भएको छ ।” 

गत वर्ष रु एक लाखको वरसिम घाँस बेचेको उहाँले बताउनुभयो । 

घोराही–१७ कर्जाहीका अनिल चौधरीले दुईवटा दुहुना भैँसी र आठवटा बाख्रा पाल्नुभएको छ । उहाँको मुख्य पेसा कृषि नै हो । 

उहाँले पनि घर नजिकैको १३ कट्ठा खेतमा वरसिम घाँस लगाउनुभएको छ । आफैँले बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उहाँले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “गत वर्ष रु ७० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ ।” गँहु र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसान घाँस खेतीमा आकर्षण बढेको छ । 

यसैगरी घोराही–७ का रुपक बुढाले पनि १३ कट्ठा खेतमा वरसिम घाँस खेती गर्नुभएको छ । वरसिम घाँँस एक याममा पाँच पटकसम्म काट्न सकिन्छ । 

घाँस लगाउँदा धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । घाँस छरेपछि गोडमेल र स्याहार्ने झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । 

गाई, भैँसी, भेडा, बाख्रा र कुखुरालाई समेत यो घाँसले फाइदा पुर्‍याउँछ । उहाँले पनि गत वर्ष रु ९० हजारको घाँस बिक्री गर्नुभएको थियो । 

किसानले आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने गरेको भए पनि दाङका  किसानले घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । 

कृषकहरुले व्यावसायिक रुपमा वरसिम घाँस खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–५, ६, ७ र १७  का किसान प्छिल्लो समयमा घाँस खेतीतर्फ आकर्षित बनेका छन् । 

धान खेतीपछि वरसिम घाँस खेती गर्ने गरिन्छ । वरसिम घाँस एक वर्षीय हिउँदे कोसे घाँसबाली हो ।

यसलाई भुइँघाँस पनि भन्ने गरिन्छ । यो घाँस दूध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ । 

बर्सातको समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । 

कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् ।  घोराही–६ का कृषकले १० कट्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् ।