१५ चैत, २०८० बिहिबार

08:21:01 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तर्राष्ट्रिय हवाई मापदण्ड प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा विज्ञहरुको जोड

Nepal Business

१३ माघ, २०७९

क्यानकै पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले हवाई दुर्घटनाले नेपालको यससम्बन्धी सेवा असुरक्षित रहेको भन्ने नकारात्मक सन्देश प्रवाह नगर्न सबै गम्भीर हुनुपर्ने बताउनुभयो

अन्तर्राष्ट्रिय हवाई मापदण्ड प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा विज्ञहरुको जोड

मुलुकको हवाई सुरक्षा सुरक्षित र भरपर्दो बनाउन अन्तर्राष्ट्रिय मापदण्ड र सिफारिसको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला विज्ञले जोड दिनुभएको छ । 

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र एयरलाइन्स अपरेटरले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नागरिक उड्डयन ‘सेफ्टी र सेक्युरिटी’को पूर्ण पालना गरिरहँदा पनि हवाई दुर्घटना बढिरहेको भन्दै उहाँहरुले सम्भावित जोखिम न्यूनीकरणका लागि संरचनागत एवम् नीतिगत सुधार गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वयसमितिको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव, क्यानका पूर्वमहानिर्देशक, हवाई इञ्जिनियरिङ क्षेत्रका विज्ञले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०ले सिफारिस गरेका हवाई सुरक्षा मापदण्डको पूर्णपालना गरेर नेपालको आकाश सुरक्षित रहेको सन्देश दिनुपर्ने बताउनुभयो ।

साथै उहाँहरुले, नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन स्रोत साधन र दक्ष जनशक्तिको अभाव रहेको भन्दै सोको व्यवस्थापकीय पक्ष बलियो बनाउन सुझाउनुभयो ।

क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले आइकाओले नेपालको हवाई सुरक्षा सुधारका लागि दिएको निर्देशन परिपालना प्रभावकारी नहुदाँ हवाई दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्नुभयो । उहाँले हवाई सेवा सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धि गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

“हालै एटीआर जहाजको दुर्घटनाले नेपालको उड्डयन क्षेत्रलाई ठूलो धक्का दिएर गएको छ । विश्वव्यापी हवाई मापदण्डको प्रभावकारी परिपालना गर्दागर्दै पनि किन नेपालमा बारम्बार यस किसिमका घटना भइरहेका छन् कतै पुरै प्रणालीलाई नै सुधार गर्नुपर्ने होकी, दुर्घटनामा मानवीय पक्षलाई मात्रै दोष दिएर हुन्न, आइकाओको सिफारिस तत्काल लागू गरिनुपर्छ”, पूर्वमहानिर्देशक गौतमले भन्नुभयो ।

उहाँले नेपालको हवाई दुर्घटनाको कारण र आगामी दिनमा सेवा सुधारको दीर्घकालीन समाधानका लागि विज्ञ सम्मिलित स्वतन्त्र दुर्घटना अनुसन्धान बोर्ड स्थापना गर्न सुझाव दिनुभयो ।

क्यानकै पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले हवाई दुर्घटनाले नेपालको यससम्बन्धी सेवा असुरक्षित रहेको भन्ने नकारात्मक सन्देश प्रवाह नगर्न सबै गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले हवाई सुरक्षा थप सुरक्षित र भरपर्दो बनाउने काममा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।