१३ बैशाख, २०८१ बिहिबार

10:02:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपसभामुखमा स्वतन्त्रका इन्दिरा राना मगर निर्वाचित, राना बिबिसी उत्कृष्ट १०० प्रेरणादायी महिलाको सूचीमा थिइन्

Nepal Business

७ माघ, २०७९

उपसभामुखमा निर्वाचित भएकी इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद हुन् । उनी आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधि सभाको समानुपातिक सांसदमा चयन भएकी हुन् ।

उपसभामुखमा स्वतन्त्रका इन्दिरा राना मगर निर्वाचित, राना बिबिसी उत्कृष्ट १०० प्रेरणादायी महिलाको सूचीमा थिइन्

प्रतिनिधिसभाको उप सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छिन् । 

उप सभामुख पदको लागि आज भएको मतदानमा इन्दिराले १६६ मत पाएकी हुन् । उनको विपक्षमा ९७ मत परेको छ भने १ सांसद तटस्थ बसेका छन् । आजको बैठकमा कुल २६४ सांसद उपस्थित थिए ।  

उप सभामुख पदको लागि आज भएको मतदानमा इन्दिराले १६६ मत पाएकी हुन् । उनको विपक्षमा ९७ मत परेको छ भने १ सांसद तटस्थ बसेका छन् । आजको बैठकमा कुल २६४ सांसद उपस्थित थिए ।  

इन्दिरा राना मगर बहुमतले उपसभामुख निर्वाचित भएका हुन् । इन्दिराले नै बहुमत पाएपछि उनको प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मुक्ता कुमारी यादवको हकमा भने मत विभाजन गर्नु परेको थिएन ।  उप सभामुख पदको लागि २ जनाको उम्मेदवारी परेको परेको थियो ।  

उपसभामुखमा निर्वाचित भएकी इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीकी  समानुपातिक सांसद हुन् । उनी आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधि सभाको समानुपातिक सांसदमा चयन भएकी हुन् ।

उनी बिबिसी उत्कृष्ट १०० प्रेरणादायी महिलाको सूचीमा पर्न सफल हुनु भएकी थिईन् । उनी बन्दी सहायता नेपालको संस्थापक अध्यक्ष हुन् । उनी सन् २०१४ मा विश्व बाल पुरस्कारबाट सम्मानित समेत भएकी थिईन् । 

दुई दशक अघिदेखि बाआमा जेलमा परेका बच्चाहरूको हेरविचार, शिक्षामा उनी क्रियाशील छिन्। उनले तीन वटा बालसंस्थाको स्थापना समेत गरेकी छिन् । साथै २ वटा विद्यालय र १० बालगृहको आफ्नै नेतृत्वमा स्थापना गरेकी छिन् ।