२६ बैशाख, २०८१ बुधबार

07:22:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी

Nepal Business

७ माघ, २०७९

संघको प्रथम उपाध्यक्षमा डिक बहादुर खत्री, द्वितीय उपाध्यक्षमा सन्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोशन कटुवाल, महसचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल तथा कोषाध्यक्षमा सरिता घले निर्वाचित भएका छन्

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी

राजेन्द्र भण्डारीको नेतृत्वमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको २९ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्षका प्रतिस्पर्धी रहेका कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले १३१ मत पाए भने लोकतान्त्रिककै भुवनसिंह गुरुङले १५७  मत पाए। माओवादीनिकट व्यवसायी ईश्वरबहादुर जिसीले १२१ मत प्राप्त गरेका थिए ।

अध्यक्षमा चयन भएका भण्डारी एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष हुन्। उनी १९९ मत सहित विजयी भएका हुन्। 

अध्यक्षका प्रतिस्पर्धी रहेका कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले १३१ मत पाए भने लोकतान्त्रिककै भुवनसिंह गुरुङले १५७  मत पाए। माओवादीनिकट व्यवसायी ईश्वरबहादुर जिसीले १२१ मत प्राप्त गरेका थिए ।

संघको प्रथम उपाध्यक्षमा डिक बहादुर खत्री, द्वितीय उपाध्यक्षमा सन्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोशन कटुवाल, महसचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल तथा कोषाध्यक्षमा सरिता घले निर्वाचित भएका छन्  । ७ पदाधिकारी मध्य ५ सिटमा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका उम्मेदवार विजयी भएका हुन् ।

संघको सदस्यहरुमा राजेन्द्र बस्नेत, बिक्रम श्रेष्ठ, देवीमाया थापा, बैकुण्ठ प्रसाद पौडेल , कैलाश पाठक, देउमान नेम्बाङ, आनन्द कोइराला, नारायण भुषाल, तोरण कुमार कार्की र चन्द्र बहादुर लिम्बु निर्वाचित भएका छन्। १० सिट सदस्य मध्ये मञ्चका ४ उम्मेदवार विजयी भएका छन् ।