१८ माघ, २०८१ शुक्रबार
07:23:17 AM
५ माघ, २०७९
चालु वर्षको बजेटमा ३ सय ७९ बुदाँमा सरकारी निकायको चालु प्रकृतिको प्रशासनिक खर्च १५ प्रतिशतले घटाउने उल्लेख छ
काठमाडौं।
सरकारको खाता ऋणात्मक अवस्थामा पुग्न लागेपछि अर्थ मन्त्रालयले चालु शिर्षकको खर्च कटौती गर्न लागेको छ । मन्त्रालयले मापदण्ड बनाएर खर्च घटाउन लागेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रालयले अति आवश्यक वाहेकका सेमिनार, तालिम, गोष्टी नगर्ने, गर्ने पर्ने भए सरकारी मापदण्डभन्दा बढी भएका लागत अनुमान स्वीकृत नगर्ने र यस्ता कार्यक्रम गर्दा मन्त्रालयका सभाकक्ष वा अन्य सरकारी निकायका भवनहरु प्रयोग गर्ने जनाएको छ ।
मन्त्रालयले खर्च घटाउन सबै महाशाखालाई निर्देशन दिएको छ। चालु वर्षको बजेटमा ३ सय ७९ बुदाँमा सरकारी निकायको चालु प्रकृतिको प्रशासनिक खर्च १५ प्रतिशतले घटाउने उल्लेख छ। उक्त बुँदालाई अर्थ मन्त्रालयमा कार्यान्वयनमा ल्याउनका लागि आन्तरिक नियन्त्रण समितिले मापदण्ड तयार गरी प्रस्ताव गरेको छ।
मन्त्रालयले अति आवश्यक वाहेकका सेमिनार, तालिम, गोष्टी नगर्ने, गर्ने पर्ने भए सरकारी मापदण्डभन्दा बढी भएका लागत अनुमान स्वीकृत नगर्ने र यस्ता कार्यक्रम गर्दा मन्त्रालयका सभाकक्ष वा अन्य सरकारी निकायका भवनहरु प्रयोग गर्ने जनाएको छ ।
यस्तै सबै महाशाखाका लागि छुट्याइएका कार्यक्रमहरु प्रथमिकीकरण गरी अति आवश्यक कार्यक्रमहरु मात्र गर्ने तथा चालु आर्थिक बर्षमा स्वीकृत कार्यक्रमहरु पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगन गर्ने नीति पनि अघि सारेको छ ।
मन्त्रालयले बैठक तथा अतिथि सत्कारको निमित्त छुट्टाइएका वाहेकका खाना, खाजा सरकारी खर्चबाट भुक्तनि नगर्ने। वजेट निर्माणको समयमा विहान बेलुका अतिरिक्त समयमा काम गरे वापत दिइँदै आएको प्रतिदिन रु ६०० लाई ३०० मा झार्ने भएको छ ।