१५ बैशाख, २०८१ शनिबार

05:14:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब पोखराको मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ, माघ १ देखि हुँदैछ व्यावसायिक उडान

Nepal Business

२४ पुस, २०७९

विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ ।

अब पोखराको मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ, माघ १ देखि हुँदैछ व्यावसायिक उडान

पोखरा, 

पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । 

पोखरा महानगर २४ मा पर्ने मान्द्रेढुङ्गाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ । विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ । 

प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडानको तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडानको तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिनुभयो ।

“तालिका मिलाएर सराङ्कोटबाट उडान गर्न प्रयास गरेका थियौ”, उहाँले भन्नुभयो, “उक्त स्थानबाट सम्भव नभएपछि हवाई सुरक्षाका कारण नमिल्ने निष्र्कषसहित मान्द्रेढुङ्गाबाट उडान तयारी गरेका छौँ, प्राविधिक टोली र प्यारापाइलटको परीक्षण उडान भइरहेको छ ।”

यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुनेछ । यसअघि पनि मान्द्रेढुङ्गाबाट उडान भए पनि व्यावसायिक उडान नभएको भट्टराईले बताउनुभयो । 

मान्द्रेढुङ्गाबाट हुने उडान पामेमा अवतरण हुनेछ । अहिले परीक्षणका क्रममा पनि पामे फाँटमा अवतरण भइरहेको उहाँले जानकारी दिनुभयो । मान्द्रेढुङ्गाबाट व्यावसायिक उडानअघि प्यारापाइलट र प्याराग्लाइडिङ व्यवसायीलाई सुरक्षा र अन्य आधारभूत विषयमा एकदिने प्रशिक्षण गोष्ठी सञ्चालन गरिसकेको छ । 

करिब एक दशकदेखि व्यावसायिक उडान गर्दै आउनुभएका प्यारापाइलट माधव तिवारीले नयाँ ठाउँमा सिधैँ उडान गर्र्दा हावाको वहावको दिशा, उडान सहजता र सुरक्षा अवस्था परीक्षण उडानबाट जानकारी लिइरहेको बताउनुभयो ।