२२ माघ, २०८१ मंगलबार
09:35:14 AM
११ माघ, २०७८
काठमाण्डौं
नेपालमा हरेक वर्ष महंगा मोबाइल प्रयोगकर्ताहरुको संख्या बढिरहेको छ । यसलाई नेपालमा आयात हुने मोबाइलको संख्या र रकमलेनै पुष्टि गरेको छ । नेपालमा मोबाइलका सौखिनहरुको संख्या बढ्दै जानु र आर्थिक अवस्थामा सुधार हुनुपनि मोवाईल आयात बढ्नुको अर्को कारण भएको बताउँदै आएको छ । हरेक वर्ष मोबाइलको माग बढिरहेको नेपालमा मोवाईको संख्या र रुपैयाँ पनि बढ्दै गएको छ ।
गतवर्ष मात्र नेपालमा २० अर्ब ६३ करोड रुपैयाँ बरावरको मोबाइल आयात भएको थियो भने यस आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै २५ अर्ब ६२ करोड रुपैयाँको मोबाइल आयात भएको छ ।
गत आर्थिक वर्ष ३६ लाख ६४ हजार सेट मोबाइल नेपाल भित्रिएका थिए । पछिल्लो ६ महिनामा मात्रै ३५ लाख ६४ हजार मोबाइल सेट नेपाल भित्रिएका छन ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २९ लाख ६८ हजार मोबाइल आयात भएको थियो सो वर्ष ११ अर्ब ८६ करोड बराबरको मोबाइल आयात भएको थियो ।