१६ चैत, २०८० शुक्रबार

02:27:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वतन्त्र उम्मेदवारहरुको हो भनेर लौरो चिन्हमा गरेको प्रचार रोक्न आयोगको निर्देशन

७ असोज, २०७९

स्वतन्त्र उम्मेदवारहरुको हो भनेर लौरो चिन्हमा गरेको प्रचार रोक्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ ।

लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको आयोगले स्पष्ट पारेको छ । केही समय अघि देखि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा प्रचार भएपछि आयोगले रोक्न निर्देशन दिएको हो ।

आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानुन सम्मत नदेखिएको बताएको छ ।