८ बैशाख, २०८१ शनिबार

10:50:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन ७ भ्रष्टाचार मुद्दा दायर

Nepal Business

७ असोज, २०७९

एकै दिन ७ भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौं । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन सात भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार विशेष जिल्ला अदालत काठमाण्डौंमा बाँके, सप्तरी, कैलाली, सुर्खेत, बर्दिया र पर्सा जिल्लामा रहेका विभिन्न ठाउँका मुद्दा दायर गरेको हो । 

आयोगले बाँके, कोहलपुर– ०४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ । 

यस्तै सप्तरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ । 

यस्तै कैलालीको श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारी उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी आरोप लागेको छ भने सुर्खेत, साविकको घुमखहरे गा.वि.स.का तत्कालीन गा.वि.स. सचिब खड्क बहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक तथा उपभोक्ता समितिका अध्यक्षसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना एवं गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप तथा मालपोत कार्यालय, पर्साका तत्कालिन नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकालउपर राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको आयोगले जनाएको छ । 

यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भिम बहादुर खत्री र ना.सु. रुद्रसेन साहुसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको छ । 

डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल, सहायक वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।