१८ माघ, २०८१ शुक्रबार
10:11:29 AM
७ असोज, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको हो ।
महानगरपालिकाले अनामनगरको नक्सा विपरीत बनाइएका पर्खालहरुमा डोजर चलाउनुकासाथै अक्सिडेन्टल पब्लिक स्कुलको अवैध संरचना भत्काइसकेको छ । काठमाडौं महानगरपालिकाले केही सातायतादेखि अवैध संरचनाहरु हटाउन थालेको छ ।