१८ मंसिर, २०७९ आइतबार

04:05:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेट बाहिरको खर्च २४ घण्टाभित्र बुझाउन अर्थमन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

Nepal Business

७ असोज, २०७९

बजेट बाहिरको खर्च २४ घण्टाभित्र बुझाउन अर्थमन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

काठमाण्डौं । निर्वाचन आयोग नेपालले बजेट बाहिरको खर्च २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ती जारी गर्दै खर्च विवरण बुझाउन मन्त्रालयलाई निर्देशन दिएको हो । 

विज्ञप्ती अनुसार आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको छ ।  

‘वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के–कति रकम कुन–कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा नेपाल सरकारका अर्थसचिवबाट २४ घण्टाभित्र आयोगलाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिएको छ’, विज्ञप्तीमा उल्लेख छ ।