१४ बैशाख, २०८१ शुक्रबार

12:26:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं महानगरले तोक्यो व्यवसायिक साइनबोर्डहरुको कर दर, तोकिएको साइनबोर्ड कर ३० दिनभित्र तिर्न ताकेता

Nepal Business

७ असोज, २०७९

काठमाण्डौं महानगरले तोक्यो व्यवसायिक साइनबोर्डहरुको कर दर, तोकिएको साइनबोर्ड कर ३० दिनभित्र तिर्न ताकेता

काठमाण्डौं । व्यवसायिक क्षेत्रमा राखिएका साइनबोर्डहरुको वार्षिक करको दर तोकिएको छ । काठमाण्डौं महानगरपालिकाले व्यवसायिक क्षेत्रमा राखिएका साइनबोर्डहरुको वार्षिक करको दर तोकेको हो । 

महानगरले सूचना जारी गर्दै तोकिएको साइनबोर्ड कर ३० दिनभित्र तिर्न ताकेतासमेत गरेको छ ।

सूचना अनुसार व्यवसायिक परिचय देखाउनको लागि राखिने साइनबोर्डको ६ वर्ग फुटसम्म एक वटाको ५०० रूपैयाँ, परिचय पाटी १५ वर्ग फुटसम्मको १००० रूपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मको प्रतिवर्ग फुट १००० रूपैयाँ बार्षिक शुल्क तोकेको छ । 

यस्तै ३० वर्गफुट भन्दा माथिको साइनबोर्ड राख्न नपाई पनि सूचनामा जनाइएको छ ।