१३ बैशाख, २०८१ बिहिबार

09:28:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चितवनमा ‘पठाओ’ असोज ८ गतेदेखि सुरु हुने

६ असोज, २०७९

चितवनमा ‘पठाओ’ असोज ८ गतेदेखि सुरु हुने

काठमाडौं । चितवनमा असोज ८ गतेदेखि पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ ।  यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले आज (बिहीबार) मिति घोषणा गरेको हो ।

चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा  प्रदान गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको जनाइएको छ ।

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।