१५ चैत, २०८० बिहिबार

06:28:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं महानगरले हटायो वीर अस्पताल अगाडिका अनधिकृत संरचना

Nepal Business

६ असोज, २०७९

काठमाण्डौं महानगरले हटायो वीर अस्पताल अगाडिका अनधिकृत संरचना

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेको अनधिकृत संरचना हटाएको छ । बिहीबार डोजर लगाएर महानगरले अस्पताल अगाडी फार्मेसी रहेका टहराहरुलाई हटाएको हो।

डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन सूचना जारी गरेको महानगरले जनाएको छ । अस्पताल प्रशासनले औषधी पसल हटाउन जानकारी गराएको र महानगरले समेत सूचना जारी गर्दा पनि पसलहरु सञ्चालनमा रहेपछि डोजर लगाएर संरचना नै भत्काउनु परेको काठमाण्डौं महानगरका प्रहरी प्रमुख राजु पाण्डले जानकारी दिनुभयो ।

बीर अस्पतालले बनाएको नयाँ भवनका बाहिरी भागमा बगैंचा राख्ने अनुमति लिएर नक्सा पास गरेकाले संरचना हटाइएको उहाँले बताउनुभयो । महानगरले संरचना हटाउन सुरु गरेपछि व्यापारीहरुले सामानहरु निकालेका थिए ।