८ बैशाख, २०८१ शनिबार

02:00:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन गर्न समिति गठन

६ असोज, २०७९

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन गर्न समिति गठन

काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात कसरी रोक्न सकिन्छ भन्नेबारे अध्ययन गर्न समिति गठन भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा  पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात कसरी रोक्न सकिन्छ भन्नेबारे अध्ययन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ ।

वार्षिक खर्बौ रूपैयाँको पेट्रोलियम पदार्थ आयात हुने गरेको भन्दै त्यस्ता सवारी साधनको आयातमा कसरी रोक लगाउन सकिन्छ भन्नेबारे अध्ययनका लागि समिति गठन गरेको शर्माले बताउनुभयो ।

बिहीबार नाडा एक्स्पो २०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘नेपालमा पेट्रोलियम प्रयोग हुने गाडी कहिले, कति वर्षमा रोकिन्छ भन्नेबारे अध्ययन गर्दैछौं, यसका लागि राजस्व सचिवको नेतृत्वमा गठन भएको समितिले खाका बनाउने छ ।’

अहिले विभिन्न देशले पेट्रोलियमबाट चल्ने सवारी साधन नचलाउनेबारे अविध राखेर अध्ययन गरिरहेका छन् । सबैले विद्युतीय सवारी साधन जोड दिँदै आएका बताउँदै उहाँले नेपालले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विस्थापन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल पनि अब विद्युतीय सवारीमा रुपान्तरण हुनु पर्ने भन्दै नाडा समेत यसमा तयार हुनु पर्ने अर्थमन्त्री शर्माको सुझाव छ । ‘अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सावारीमा जानु पर्ला, नाडाले त्यता तिर पनि सोच्नुहोस,’ उहाँले भन्नुभयो । अहिलेको नाडा अटो शो प्रदर्शनी मात्र नभई, अहिलेको आवश्यकता के हो ? हामी कता तिर जाँदैछौं ? हाम्रो अबको कार्यदिशा के हो ? भन्ने कुरालाई समेत बहसमा ल्याउन महत्वपूर्ण योगदान हुने अर्थमन्त्री शर्माले जनाउनुभयो ।