१८ माघ, २०८१ शुक्रबार
09:43:09 AM
६ असोज, २०७९
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ब्याजको लोभमा बैंकमा पैसा थुपारेर उत्पादन नबढ्ने बताउनुभएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याज दिएर बैंकमा पैसा तानिरहेको बताउँदै उहाँले यसरी देशको विकास नहुने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा बोल्दै शर्माले बैँकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउदै बैंकले दिने गरेको व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्नुभयो ।
उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘जुन देशमा बैंकमा पैसा राखेर १३,१४ प्रतिशत ब्याज लिन पाईन्छ, त्यो देशमा कसरी विकास हुन्छ ? समस्या यहिँ छ, यो विषयमा छलफल गर्दैछौं, ब्याजको लोभमा बैंकमा पैसा थुपार्न हुँदैन ।’
अर्थमन्त्री शर्माले पालुङटारलाई सूचना प्रविधिमा अघि बढाइ स्मार्ट सिटि बनाउने घोषणा गर्नुभएको छ । स्मार्ट सिटी बनाउन संघीय सरकार र अर्थ मन्त्रालयले सबै सहयोग गर्ने बताउनुभयो ।
इतिहास र वर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखाले यतिवेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको उहाँको भनाइ छ । ‘लिगलिगकोट र आधुनिक पालुङटारलाई जोडेर राजनैतिक इतिहाससहितको पर्यटन विकासलाई अगाडि बढाइनेछ’, उनले भने ।
यस्तै, उहाँले अहिले विद्युतीय गाडीमा के कस्ता छुट दिने भनेर छलफल भैरहेको बजाउनुभयो । विद्युतीय गाडी नेपालमा नै बनाउनु पर्ने र त्यसका लागि चार्जिङ स्टेशन पनि निर्माण गर्नु पर्ने उहाँले जनाउनुभएको छ ।
साथै उहाँले देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको बताउनुभयो ।