१२ फागुन, २०८१ सोमबार
11:07:04 AM
६ असोज, २०७९
काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले विभिन्न संस्थाबाट ७६ करोडभन्दा बढि कर संकलन गरेको छ । उठाएको छ । महानगरले मनोरञ्जन, व्यवसाय, घर बहाल कर बापत १५ वटा संस्थाबाट ७६ करोड १३ लाख ४२ हजार ७५२ रुपैयाँ कर संकलन गरेको हो ।
महानरले कर तिर्न ताकेता गरेको संस्थामध्येबाट अहिलेसम्म १५ वटाले मात्रै कर तिरेका छन् ।कर बुझाउनले पनि केही संस्थाले आसिक बुझाएका छन् भने केहीले पुरै बुझाएका छन् । केही कम्पनीले कर छुट लिएको जनाएका छन् ।
केही संस्था कर तिर्न आनाकानी गरिरहेका छन् भने केही सम्पर्कमा नरहेका, केही बन्द भएको महानगरले जनाएको छ । अहिलेसम्म मनमोहन मेमोरिष्ल कलेज एण्ड शिक्षण अस्पतालले किस्ता बापत ८९ लाख रुपैयाँ सम्पत्ति कर बुझाएको छ । सिविक अस्पतालले ८ लाख ६५ हजार ३८० रुपैयाँ सम्पत्ति कर तिरेको छ ।
नेपाल फाइनान्सले १४ लाख ७० हजार ४१२ रुपैयाँ, शैलेन्द्र राज मानन्धर २ लाख ४४ हजार ७२८ रुपैयाँ, केदारलाल श्रेष्ठले १३ लाख ९२ हजार ७९१ रुपैयाँ, कान्तिपुर डेन्टल कलेज सामाखुसीले ५२ लाख, नेपाल ल क्याम्पसले ५ लाख १३ हजार १८६ रुपैयाँ, कालिमाटी फलफूल तथा तरकारी बजार समितिले ७३ लाख २३ हजार २५५ रुपैयाँ घर बहाल कर र माजोङ इन्टरटेन्नमेन्ट होटल सोल्टीले व्यवसाय बापत १७ लाख ८५ हजार ५०० कर बुझाएको छ ।
यस्तै काठमाण्डौं फन पार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ, डेल्टिीन क्यासिनो होटल म्यारिट–१ ले २१ लाख ४२ हजार ३४ रुपैयाँ, क्यासिनो प्यालेसले ११ लाख ८५ हजार ४६३ रुपैयाँ, प्राइम इन्टरनेशनल एण्ड रिक्रीएसन हायात होटलले ९ लाख ८९ हजार ४६० रुपैयाँ, माजोङ् इन्टरटेनमेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार ६००, बाल्को क्यासिनो होटल एलफ्टले २ लाख १० हजार २५८ रुपैयाँ, बेलिज क्यासिनो मल्ला होटलले १३ लाख ८८ हजार ३६३ रुपैयाँ मनोरञ्जन कर तिरेका छन् ।
यस्तै नेशनल टे«डिङ लिमिटेड, कृषि सामाग्री संस्थान, काठमाडौं प्लाजा, प्लाटिनम डेभलपर्स, राइजिङ स्टार प्रोपटिज, नेपाल कमर्श क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, दशरथ रंगशाला, वीर अस्पताल, आर आर क्याम्पस, शंकरदेव क्याम्पस, नेपाल प्रहरी, सामाजकल्याण परिषद, नेपाल आर्मी केन्द्रिय कायालय, नेपाल विद्युत प्राधिकरणले कर तिरेको छैन ।