१८ माघ, २०८१ शुक्रबार

09:55:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न सरोकारवालासँग महासंघको माग

Nepal Business

६ असोज, २०७९

ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न सरोकारवालासँग महासंघको माग

काठमाण्डौं । बैंक वित्तिय संस्थाहरूद्धारा असोज एकदेखि लागु हुने गरि ब्याजदरले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने भएकाले यो निर्णय तत्काल स्थगन गर्न महासंघले सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गरेको छ । 

यसले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुने महासंले जनाएको छ ।
यसतर्फ सरकार, केन्द्रिय बैंक र बैंक वित्तिय संस्थाहरूको ध्यानाकर्षण हुनुपर्ने महासंघको भनाइ छ। 

महासंघका अनुसार बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ ।

आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तिय संस्थाहरूको यस निर्णयले थप माथि लग्ने महासंघको ठहर छ । अर्थतन्त्र सुंकचित हँुदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको छ ।

संकटको बेलामा जोखिम बोडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हो । विशेषगरि कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गरेको छ । 

तर पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हँुदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ । यस सन्दर्भमा विगतमा ब्याजदर बढदैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय छ ।

यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न सकिन्छ ।