१५ बैशाख, २०८१ शनिबार

02:52:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाह्य उत्पादनको भरले मात्र देश समृद्ध बन्दैन, स्वदेशमै उत्पादन बढाउनुपर्छ

Nepal Business

५ असोज, २०७९

“हामीले अहिले गरिरहेको धेरैजसो व्यवसाय बाहिरबाट ल्याएर गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन हामी आफैँ उपयोग गर्ने, अरुकोमा पु¥याउने खालको व्यवसाय हामीलाई आज आवश्यक छ ।”

बाह्य उत्पादनको भरले मात्र देश समृद्ध बन्दैन, स्वदेशमै उत्पादन बढाउनुपर्छ

गोरखा,
 अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री वितरण मात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ । 

लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा बुधबनरदेखि सुरु  ‘लिगलिग पालुङटार महोत्सव, २०७९’ को उद्घाटन कार्यक्रममा उहाँले आफ्नो देशका लागि आफैँ उत्पादन गर्ने र अरुका बाह्य देशमा पु¥याउन सक्ने व्यवसायले मात्र देश छिट्टै समृद्ध बन्ने बताउनुभयो ।

लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा बुधबनरदेखि सुरु  ‘लिगलिग पालुङटार महोत्सव, २०७९’ को उद्घाटन कार्यक्रममा उहाँले आफ्नो देशका लागि आफैँ उत्पादन गर्ने र अरुका बाह्य देशमा पु¥याउन सक्ने व्यवसायले मात्र देश छिट्टै समृद्ध बन्ने बताउनुभयो ।

“हामीले अहिले गरिरहेको धेरैजसो व्यवसाय बाहिरबाट ल्याएर गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन हामी आफैँ उपयोग गर्ने, अरुकोमा पु¥याउने खालको व्यवसाय हामीलाई आज आवश्यक छ ।” 

अर्थमन्त्री शर्माले त्यसका लागि देशमा हरेक खालका व्यवसायलाई आर्थिक उत्पादनसँग जोडेर सहरीकरण गर्न सक्यौँ भने मात्र वास्तविक विकास हुने उहाँको भनाइ छ । अर्थमन्त्री शर्माले विकासबाट जनताको आर्थिक जीवनमा सांस्कृतिक जीवनमा परिवर्तन गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले अबको विकासको मान्यता आर्थिक सामाजिक र सांस्कृतिकरूपमा जनताको जीवनलाई बदल्न सक्ने खालको हुनुपर्ने बताउनुभयो । 

अर्थमन्त्री शर्माले उत्पादन जोडेर विकास निर्माणलाई अगाडि बढाउँदा पनि संस्कृति, अर्थतन्त्र र सामाजिक वातावरण निर्माण गर्ने कुरामा ध्यान पु¥याउन सके यसले समग्र विकासलाई जोड्ने सक्ने उल्लेख गर्नुभयो ।

संविधानले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने स्पष्ट किटान गरेको भन्दै उहाँले गरिबीको अन्त्य र समानताको वातावरण निर्माण गर्न जनताको न्यूनतम आवश्यकता परिपूर्ति गर्ने क्षमता सरकारले बताउनुपर्ने अहिलेको अवस्था रहेको बताउनुभयो । 

अर्को फरक प्रसङ्गमा अर्थमन्त्री शर्माले लिगलिगकोटको दौड पर्यटनका दृष्टिकोणले ऐतिहासिक भएको भन्दै अब यसलाई राजनीतिक पर्यटनका हिसाबले समेत उपयोग गर्न सक्नुपर्ने बताउनुभयो ।