७ बैशाख, २०८१ शुक्रबार

07:24:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमको एमालेद्वारा समर्थन

Nepal Business

५ असोज, २०७९

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमको एमालेद्वारा समर्थन

काठमाण्डौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले मुलुक बचाउने काम राष्ट्रपतिबाट भएको भन्दै समर्थनमा र्याली निकालेका छन् । बुधबार काठमाण्डौंको नयाँ बानेश्वरमा युवा संघले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर मुलुकको हितमा काम गरेको भन्दै र्याली निकालेका हुन् । 

साथै युवा संघले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न गठबन्धनलाई चेतावनी समेत दिएको छ । काठमाण्डौंको बबरमहलबाट सुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले अहिले देशको हितमा काम गरेपनि गठबन्धनबाट आक्रमण र अपमान गर्न खोजिएको बताउनुभयो । उहाँले राष्ट्रको हितमा काम गर्दा विरोध भए कुनै फरक नपर्ने बताउनुभयो । 

यस्तै युवा संघका अध्यक्ष किरण पौडेलले राष्ट्रियताका सवालमा अझै क्रुर भएर अघि बढ्न सुझाव दिनुभयो । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमको एमालेले समर्थन गरेको छ।