२३ बैशाख, २०८१ आइतबार

01:41:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसरी बन्दैछ काठमाडौका विभिन्न ठाउँमा बहुतले पार्किङ

११ माघ, २०७८

एउटा बहुतले पार्किङका लागि करिब ६ करोड लागत लाग्ने

यसरी बन्दैछ काठमाडौका विभिन्न ठाउँमा बहुतले पार्किङ

काठमाण्डौं
जताततै भिडभाड, अस्तव्यस्त सवारी साधन पार्किङले  समयमै गन्तव्यमा नपुगिने काठमाडौ उपत्यकाको  बर्षौ देखिको समस्यालाई समाधान गर्न  नगर विकास कोषले बहुतले पार्किङ निर्माण गर्ने भएको छ । काठमाडौका विभिन्न ठाउँमा निर्माण गरिने यस्तो बहुतले पार्किङ मेकानिकल  र नन मेकानिकल दुबै हुनेछ । मेकानिकल पार्किङमा सवारी चालकले पार्किङ स्थलमा राखिदिएपछि मेसिनले नै माथि अथवा दाया बाया गरेर राखिदिने छ भने नन मेकानिकलमा सवारी चालक आफैले  माथिल्लो तला अथवा दाया बायाँ सम्म पु¥याउनु पर्नेछ । 
काठमाडौका झण्डै २२ स्थानमा यस्तो पार्किङको आवाश्यकता रहेको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाका अनुसार एउटा पार्किङ स्थल  बनाउँदा कम्तीमा ८ आना अथवा सो भन्दा बढी क्षेत्रफल लिइने छ ।  कार्यकारी निर्देशक सापकोटाले जति ठुलो क्षेत्रफल उति लागत कम लाग्ने बताउँनु भयो । उहाँले भन्नुभयो, “सानो बनाउँदा पनि कम्तीमा ५०  वटा कार अट्न सक्नेछ । सो भन्दा ठुलो बनाउँन सके लागत झन कम हुनेछ ।” एउटा पार्किङ स्थल बनाउँन  एक वर्षको समय लाग्ने छ । 
बहुतले मेकानिकल पार्किङ निर्माणमा ९० प्रतिशत लगानी  कोषले गर्नेछ भने १० प्रतिशत लगानी सम्बन्धित स्थानीय तह, नीजि क्षेत्र तथा संस्थाले गर्नुपर्नेछ । कोषले लगानी गरेको रकम २० वर्षसम्ममा सम्बन्धित निकायले तिर्नुपर्नेछ । 

कोषका अनुसार एउटा बहुतले पार्किङका लागि करिब ६ करोड लागत लाग्ने छ । अहिले बुटवल र बनेपामा यस्तो खालको पार्किङ स्थल बनिरहेको छ । कोषले देशका विभिन्न नगर पालिकामा पनि ठुला ठुला बसपार्क निर्माण गरिरहेको छ ।

कोषले थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल, मित्रपार्क, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार लगायतका ठाउँहरुमा पार्किङ बन्न सक्ने जनाएको छ । यस्तै, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यवसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरुमा यो पार्किङ निर्माण गर्न मिल्ने जनाएको छ । कोषका अनुसार एउटा बहुतले पार्किङका लागि करिब ६ करोड लागत लाग्ने छ । अहिले बुटवल र बनेपामा यस्तो खालको पार्किङ स्थल बनिरहेको छ । कोषले देशका विभिन्न नगर पालिकामा पनि ठुला ठुला बसपार्क निर्माण गरिरहेको छ ।
काठमाडौ उपत्यकामा जथाभावी सवारी साधन पार्किङ हुदा त्यसले ट्राफिक जाम बढाउँदै गएको छ ।  जामका कारण हैरानी ब्यहोरेका सर्वसाधारण समयमै  गन्तव्यमा पुग्न सकिरहेका छैनन । पछिल्लो समय आएका अन्डरग्राउन्ड पार्किङले ठूला मलहरूमा जाने सवारीका लागि पार्किङ गर्ने व्यवस्था भएको छ । तर, यसले सवारी साधन धेरै भएका भित्री शहरहरूमा परेको चाप धान्न सकिरहेको छैन ।  साँघुरा सडकमा जथाभावी गाडी अड्याउने चलनले शहरको सौन्दर्य नै बिगारेको छ । नेपालमा भाट भटेनीले सात करोड लागतमा पहिलो पटक बहुतले पार्किङ बनाइसकेको छ । 

  • आयोजना निर्माण गर्न चाहनेलाई १५  दिने सुचना

नगर विकास कोषले बहुतले पार्किङ  निर्माण गर्न इच्छुक  स्थानीय तह, गैरसरकारी संस्था तथा सरकारी संस्थालाई माघ सात गते नै कागजात पेश गर्ने १५ दिनको समय दिएर सुचना जारी गरिसकेको छ । उक्त परियोजनामा लगानी गर्नका लागि काठमाडौं महानगरपालिकाभित्र कम्तिमा आठ आना भन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ । प्रस्ताव पेश गर्नका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघ संस्थाको नविकरणसहितको प्रमाणपत्रको प्रतिलिपि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।